मधेश दृष्टि राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक राम कुमार रिजाल (एलन)ले भ्रष्टाचार गरेका भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । मधेश प्रदेश प्रकाशन समूहद्वारा जनकपुरधाम र वीरगन्जबाट प्रकाशित मधेश दृष्टि राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक रिजालले भ्रष्टाचार गरेका भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय हेटौँडाले विशेष अदालतमा मुद्धा दायर गरेको र विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलाशले सम्पादक एलनलाई भ्रष्टाचारी ठहर गरेको हो ।विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको जनाएको छ।
त्यसैगरी,नेकपा(एकीकृत समाजवादी)का नेता एवम मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन अध्यक्ष टंक बहादुर मोक्तान,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी,लेखापाल सुजन श्रेष्ठ,आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल पनि भ्रष्टाचारी ठहर भएका छन ।
विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबी गरे अनुसार नै अभियुक्तहरूको भ्रष्टाचार ठहर गरेको हो ।यसअघि २०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १८ र ३५(१) बमोजिम कैलाश गाउँपालिकाका तत्कालीन अध्यक्ष मोक्तान र सम्पादक रिजालसहित मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कुसारी,लेखापाल श्रेष्ठ, आन्तरिक लेखापाल थापा मगर र सामाजिक विकास अधिकृत पौडेलको विरूद्धमा भ्रष्टार मुद्दा दर्ता गरेको थियो ।विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।
आयोगले कैलाश गाउँपालिकाका तत्कालीन अध्यक्ष मोक्तान,फिलिंगो मिडियाका सञ्चालक रिजाल लगायतको संलग्नतामा रु.दुई लाख ६० हजार नौ सय भ्रष्टाचार भएको ठहर सहित मुद्दा दर्ता गरेको थियो ।आयोगले युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुन्सधानबाट पत्ता लागाएको थियो । उक्त तालिम दिनका लागि नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र उपमहासचिव डा.विजय पौडेल लगायत पनि पुगेका थिए ।सम्पादक रिजाल नेकपा(एकीकृत समाजवादी) निकट शुभेच्छुक संगठन समाजवादी प्रेस संगठनका महा सचिव समेत हुन ।