सर्लाहीको लालबन्दीमा विभिन्न सुविधा सहित “बजाज ग्राण्ड एक्सचेन्ज मेला”सञ्चालन सुरु भएको छ। मोटरसाइकलको लोकप्रिय कम्पनी बजाजले साउन ९ गते अर्थात(भोलि)बाट साउन १४ गतेसम्म लालबन्दी नगरपालिका ६ स्थित पुर्व बसपार्क नजिकै“बाईक लैजाऊँ मात्रै नागरिकताको भरमा भन्दै बजाज ग्राण्ड एक्सचेन्ज मेला” सुरु भएको बजार कम्पनीका एसिया सेल्स मेनेजर अमिर थापाले बताए ।
उनका अनुसार विकल्प कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि र राधाकृष्ण ट्रेड एण्ड सप्लायर्स प्रा.लि.को आयोजनामा छ दिन सम्म सञ्चालन हुने“बजाज ग्राण्ड एक्सचेन्ज मेला”मा नागरिकताको भरमा बाईक खरिद गर्न पाईने,मेला मै विना शुल्क फाईनान्सको सुबिधा र एक्सचेन्ज गर्न आउँदा अरु भन्दा १० हजार बढी शुल्क दिईने सुबिधा सहित मेला सञ्चालन सुरु भएको हो । लालबन्दी नगरपालिका ६ स्थित पुर्व बसपार्क नजिकै सुरु भएकोे एक्सचेन्ज मेलामा ग्राहकहरुले जुनसुकै ब्रान्ड तथा अवस्थामा रहेका पुराना मोटरसाइकल साटेर नयाँ बजाजका मोटरसाइकलमा आकर्षक छुट तथा सुविधाहरू प्राप्त गर्न सक्ने विकल्प कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का सञ्चालन विप्लव गोलेले जानकारी दिए। उनका अनुसार सबै प्रकारका मोटरसाईकलहरु एक्सचेन्ज गर्न सकिने सुविधा छ।पुरानो बाइकमा रु १० हजार थप मूल्यांकन प्रदान गरिने छ।