सर्लाहीको धनकौल गाउँपालिकाको नवौं गाउँसभा सोमबारबाट सुरु भएका छ । सोमबाराज मध्यान्ह मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँसभाको उद्घाटन गरिने गाउँपालिका अध्यक्ष रामआश्रय साहले जानकारी दिनुभयो ।
जिल्लाका अन्य १८ वटा स्थानिय निकायहरुले असार १० भित्रै गाउँ तथा नगरसभा गरेपनि धनकौल र विष्णु गाउँपालिकाले गाउँसभा गर्न बाँकी रहेको थियो । धनकौल गाउँपालिकाकोगाउँ सभा सोमबारबाट सुरु हुने भएपनि विष्णु गाउँपालिकाको गाउँसभा कहिले हुने भन्ने निश्चीत छैन ।
एक जना वडाध्यक्ष बिरामी भएर काठमाण्डौं जानुपरेको र अर्का एक जना वडाध्यक्ष विवाहको कार्यक्रममा व्यस्त हुनु परेकाले असार १० गतेभित्रै गाउँसभा गर्न नसकिएको धनकौल गाउँपालिकाले जनाएको छ ।
त्यस्तै,विष्णु गाउँपालिकाको गाउँ सभा कहिले गर्ने भन्ने निश्चीत नभएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जिव सापकोटाले बताउनु भयो । उहाँका अनुसार असार मसान्तभित्रै नीति तथा कार्यक्रम र बजेट पारित गर्ने गरी केही दिनभित्रै गाउँसभाको मिति तय गरिने छ ।