Close This

हिरासतमा रहेका १७ जनाको आरडिटी टेष्ट नेगेटिभ

रासस    प्रकाशित: २०७७-१-१० गते   ३२९ पटक हेरिएको

सर्लाही प्रहरीको नियन्त्रणमा लिएका १७ जना थुनुवाहरुको आरडीटी टेष्ट गरिएको  छ ।    जिल्ला प्रहरी कार्यालय सर्लाहीमा विभिन्न अभियोगमा पक्राउ परि हिरासतमा रहेका  १७ जना  थुनुवाहरुको आरडिटी टेष्ट गरिएको हो ।टेष्ट गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयो।
थुनुवाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट पश्चात मात्र म्याद थप गर्ने सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालय  सर्लाहीकोे हिरासतमा  रहेका  थुनुवाहरुको आरडिटी टेष्ट गरिएको प्रहरी उपरिक्षक पोख्रेलले  जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाहरुको स्वास्थ्यको जिम्मेवारी  प्रहरीको पनि भएकोले  उनिहरुको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरिएको उपरिक्षक पोख्रेलले  जानकारी दिनुभयो ।
   हालसम्म सर्लाहीमा छिमेकी देश भारत तथा अन्य देशबाट आएका ९७ जना र जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १७ जना थुनुवा गरी जम्मा  १ सय १४ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) भईसकेको प्रमु्ख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech