Close This

प्रहरी अधिकृत नहुँदा मुचुल्कामा हस्ताक्षर गर्न समस्या 

रासस    प्रकाशित: २०७६-१०-२० गते   ४८३ पटक हेरिएको

पुर्व पश्चीम  राजमार्ग अन्र्तगत रहेको सर्लाही जिल्लाको ३ ईलाका प्रहरी कार्यलयमा प्रहरी निरिक्षक नहुँदा मुचुल्कामा हस्तााक्षर गर्ने मान्छेको अभाव भएको छ । ईलाका प्रहरी कार्यलय लालबन्दी,जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर र ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरिक्षकको दरबन्दी रहेको भएपनि तिनवटै ईलाका प्रहरी कार्यलयमा प्रहरी निरिक्षक नहुँदा मुचुल्का उठाउँदा हस्ताक्षर गर्ने प्रहरी प्रहरी अधिकृतको अभाव सृजना भएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक नारायण थापा तालीममा गएका छन भने जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक सुर्य नारायण यादव घर विदामा छन त्यस्तै ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक सुबाश भट्टराई काजमा सरुवा हुँदा पुर्व पश्चीम  राजमार्ग अन्र्तगत रहेको सर्लाही जिल्लाको हाईवेमा  प्रहरी अधिकृत छैन्न ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी अधिकृतले मुद्धामा हस्ताक्षर गर्ने अधिकार नभएपनि उनि समेत कार्यलयमा नहुँदा थप समस्या सृजना भएको छ । ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक सुबाश भट्टराईको निर्देशनमा मुद्धा शाखाका प्रहरी कर्माचारीले सेवाग्राहीसंग रकम लिएको आरोपमा प्रहरी निरिक्षक भट्टराईको काजमा सरुवा हुँदा अहिले कुनै पनि मुचुल्कामा हस्ताक्षर गर्नु पर्दा ईलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरिक्षक पुग्नु पर्ने बाध्यता सृजना भएको छ । जसका कारण दुर्घटना मुचुल्का सहित आत्माहत्या लगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक प्रहरी कर्माचारीले बताएका छन । 
केही समस्या हुँदा अर्काे स्थानबाट भएपनि प्रहरी निरिक्षकको व्यावस्था गरेर काम गरेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले बताउनु भयो । प्रहरी निरिक्षक नभएको महसुस हुन नदिने गरि काम गरि रहेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech