लालबन्दीमा वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धी कार्यक्रम

264 Shares

सर्लाहीको लालबन्दीमा वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धी कार्यक्रम गरिएको छ।डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका ६ स्थित रहेको होटल युनाइटेडको सभाहलमा जिल्ला भरीका सामुदायिक तथा साझेदारी वन समुहहरुका पदाधिकारी एवम सदस्यहरुका साथै जिल्लाका वनकर्मीहरुलाई वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धित तालिमको आयोजना गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सुचना अधिकारी एवम सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।
उनका अनुसार करिब ६० जनाको सहभागीतामा आयोजना गरिएको तालिममा ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रतिनिधिहरु सहितको विशेष उपस्थितिमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झा र वनविज्ञ बृद्धि प्रसाद उपाध्यायले प्रशिक्षणको सहजीकरण गरेका छन् ।
गोष्ठीको उद्घघाटन कार्यक्रममा डिभिजन वन अधिकृत झाले जिल्लाको सरोकारवालाहरुको सक्रियतामा काम गरिएकाले डिभिजन वन कार्यालय सर्लाही उत्कृष्ट भएको दाबी गरे।उनले वन डढेलो नियन्त्रणका सवालमा धेरै काम गरिएकाले वन डढेलो कम हुँदा वातावरणीय,वन पैदावार र जैविक विविधता संरक्षणमा ठूलो टेवा पुगेको समेत बताए ।वन डढेलो नियन्त्रण गर्न कुनै वन कर्मचारी तथा वन कार्यालयले मात्रै सम्भव नहुने भएकोले सबै नागरिकहरु सचेत हुन जरुरी रहेको गोष्ठी उद्घघाटन कार्यक्रममा डिभिजन वन कार्यालय  लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।

सम्बन्धित समाचार