उर्जा,सिँचाई तथा खानेपानी क्षेत्रको समुचित विकास गर्दै कृषक,श्रमिक तथा जनताको जीवनस्तर उकासिने सवालमा आफ्नो ध्यान जाने मधेश प्रदेश सरकारका नवनियुक्त उर्जा, सिँचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले बताए।सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य एवम नेकपा(माओवादी केन्द्र)का नेता कुशवाहाले सोमबार मधेश प्रदेश सरकारको उर्जा, सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भई पदभार ग्रहण गर्दै गर्दा यस्तो बताएका हुन ।
संघीय तथा प्रदेश सभाको निर्वाचन २०७९ मा सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश क मा स्वतन्त्र तर्फबाट उम्मेदवार बनी प्रदेश सभामा निर्वाचित भएका प्रदेश सभा सदस्य कुशवाहाले जनताको अपेक्षा अनुरूप इमानदार,पारदर्शी र प्रभावकारी कार्यसम्पादन गर्दै मधेस प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी शंकर महत्तोले बातए ।
लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहेका प्रदेश सभा कुशवाहा संघीय तथा प्रदेश सभाको निर्वाचन २०७९ ताका माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार बनेका थिए।उम्मेदवार हुँदाका वखत चौतर्फी आलोचना भएको भएपनि निर्वाचित भएपछि माओवादी केन्द्र मै प्रवेश गरी माओवादी केन्द्रको भागवण्डा अनुसार उनी उर्जा, सिँचाई तथा खानेपानी मन्त्रीमा नियुक्त भएका हुन ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार कुशवाहा सहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई मन्त्रीमा नियुक्त गरेका हुन।जसमा कुशवाहाले उर्जा, सिँचाई तथा खानेपानी मन्त्री र लोसपाकी शर्माले शिक्षा तथा संस्कृति मन्त्रालय पाएकी छन् ।सोमबार मन्त्री नियुक्त भएका दुवै जना सहित सर्लाही कै नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् ।जसमा माओवादी केन्द्रका कुशवाहा र नेपाली कांग्रेसका रायलाई जिल्लाका राजनीतिज्ञ, जनप्रतिनिधि,पार्टीका नेता कार्यकर्ता तथा आम नागरिकले भेटेर तथा सामाजिक सन्जालमार्फत बधाई ज्ञापन गरिरहेका छन् ।