जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यसम्पादन मूल्यांकनमा ९२ दशमलव ९३ अंक प्राप्त गरेको छ।नेपाल सरकार गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्लाले ९० भन्दा बढी अंक ल्याउँदा सर्लाही पनि त्यसभित्र पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार देशभरका ७७ जिल्लामध्ये सर्लाही ९२ दशमलव ९३ अंक सहित ३६ औँ स्थानमा परेको छ।कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६ दशमलव २५ अंकसहित अन्तिम स्थानमा रहेको छ ।गृह मन्त्रालयले हरेक वर्ष जिल्ला प्रशासन कार्यालयहरुले गरेको कामको आधारमा मुल्यांकन गरी नम्बर दिने गरेको छ ।