सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जना बालकहरुको शव फेला परेको छ।गत शुक्रबार सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जना बालकहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका १५ बुधौराका अन्दाजी वर्ष १४ का अभिषेक यादव,मिर्चैया नगरपालिका ५ का अन्दाजी वर्ष १५ का लक्ष्मण कुमार साह र सोहि ठाउँका अन्दाजी वर्ष १६ का रोशन मण्डल कात्तिक शुक्ल पूर्णिमामा एकै दिन कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
बेपत्ता मध्येमा रोशनको शव शुक्रबार नै फेला परेको थियो भने अन्य दुई जना बालकको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ। आईतबार शव फेला परेका दुई जना बालकहरुको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको सिरहा प्रहरीले जनाएको छ।