निवर्तमान प्रतिनिधि सभा सदस्य साहले जसपा नेपाल छाडे

343 Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहले पार्टी परित्याग गरेका छन्।सर्लाही क्षेत्र नम्बर १ बाट २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएका जसपा नेपालका नेता साहले बिहीबार एक प्रेस विज्ञप्ती जारी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट २०७४ सालमा निर्वाचित भएका नेता साहले साधारण सदस्य समेत नरहनेगरी आफुले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेको घोषणा गरेका हुन ।
गएको असारमा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका नेता साहले जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको गुनासो गर्दै आएका थिए ।पदाधिकारी तथा कार्यकारिणी सदस्य नियुक्त गर्दा सर्लाहीलाई नसमेटिएको र जिल्लाका नेताहरुलाई जिम्मेवारी दिन केन्द्रीय अध्यक्ष यादव,प्रदेश अध्यक्ष र इन्चार्जलगायतलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उनी पछिल्लो समय समाजवादी मोर्चमा रहेको एउटा दलसंग नजिकिँदै गएका समेत पाइएको छ ।

सम्बन्धित समाचार