असारमा मात्रै साँढे एक करोड भन्दा बढीको भन्सार छलीको सामान सर्लाही प्रहरीको नियन्त्रणमा

450 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०८१ को असार मात्रै डेढ करोड भन्दा बढीको भन्सार छलीका विभिन्न किसिमका सामानहरु बरामद्गरेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट गरी २०८१ को असारमा मात्रै रु एक करोड ५७ लाख ७१ हजार चार सय ४१ रुपैँया बराबरका विभिन्न कसिमका भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा र मातहतका प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेका विभिन्न किसिमको किराना सामान,कपडा,चाइनिज लाइटर,इलेक्ट्रोनिक्स, कस्मेटिक,मेसिनरी पार्टस,कुखुराका चल्लाका साथै चिनी र सवारी साधनहरु गरी २०८१ को असारमा मात्रै रु एक करोड ५७ लाख ७१ हजार चार सय ४१ रुपैँया बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएका समानहरु आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय,मलंगवा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।सिमानाकामा निकै कडाई गरेको सर्लाही प्रहरीले दाबी गरेपनि जिल्लाको नारायणपुर,पर्सा,त्रिभुवननगर,मलंगवा,फेन्हरा,मधुवनी र बलराबाट धानमा सख्खर,कपडा,चिनी,किरानाका विभिन्न किसिमका सामानहरुका साथै कपडा, इलेक्ट्रोनिक्स,कस्मेटिक,मेसिनरी पार्टस र कुखुराका चल्लाहरु ओसार पसार भईरहेको पाइएको छ ।

सम्बन्धित समाचार