सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यामनचुलीबाट दुई साताअघि हत्कडीसहित फरार भएका प्रतिवन्धित लागु औषध गाँजा कारोवारीलाई सर्लाहीको हरिवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यामनचुलीबाट सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत अत्रौलीतर्फ आउँदै गरेको ना ४४ प ६०२९ नम्वरको मोटरसाइकल खानतलासी गर्नेक्रममा सिन्धुलीको प्रहरी चौकी क्यानेश्वरले चामलको बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको २० किलो प्रतिवन्धित लागु औषध गाँजा फागुन १२ गते बरामद गरेको थियो ।
त्यसपछि प्रतिवन्धित लागु औषध गाँजा कारोवारीलाई हत्कडी लगाइ प्रतिवन्धित लागु औषध गाँजा र मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भीरबाट हाम फालेर प्रतिवन्धित लागु औषध गाँजा कारोवारी फरार भएका थिए ।खोजतलासका क्रममा तीन सय मिटर पर फोरेर फालेको अवस्थामा हत्कडी फेला जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको थियो ।
सर्लाहीको साबिक सासापुर ६ घरभई हाल सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७, बस्ने अन्दाजी वर्ष ४० का प्रतिवन्धित लागु औषध गाँजा कारोवारी कृष्णबहादुर योन्जनलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ११, स्थित हरिवन बजारबाट योन्जनलाई पक्राउ गरेको हो । प्रतिवन्धित लागु औषध गाँजा कारोवारी योन्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।