सेवा प्रवाह सम्बन्धि ईश्वरपुरमा सार्वजनिक सुनुवाइ

338 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथमा जिल्लाका कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह सम्बन्धमा सहजीकरण समन्वय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षता एवम ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको संयुक्त आयोजनामा ईश्वरपुर नगरपालिका ४ सागरनाथमा सेवा प्रवाह सम्बन्धमा सहजीकरण समन्वय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाही,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही,भूमि सुधार तथा मलापोत कार्यालय,नापी,वन र विद्युत कार्यालयहरुका साथै जिल्लाका सरकारी कार्यालयहरुले प्रवाह गरि रहेको सेवाका विषयमा सुझाब सल्लाह र गुनासाहरु समेट्न र सम्बोधन गर्न सरोकारवाला पक्षले नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरुका साथै सहभागीहरुले जिल्लाका सार्वजनिक सरोकारका सवालमा जिज्ञासा राखेका र प्रमुख जिल्ला अधिकारी अधिकारी सहित सम्बन्धीत कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुले उक्त जिज्ञासाको जवाफ दिएका आयोजक जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महत्तो,उपाअध्यक्ष गीतादेवी महतोका साथै जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल,राष्ट्रिय अनुसन्धान कार्यालय सर्लाहीका निमित्त प्रमुख,ईश्वरपुर,हरिपुर्वा,मलंगवा,हरिपुर नगरपालिकाका साथै चन्द्रनगर गाउँपालिकाका विभिन्न जनप्रतिनिधहरुका साथै जिल्लाका विभिन्न प्रहरी कार्यालयहरु,शसस्त्र प्रहरी कार्यालयहरुका प्रहरी कर्मचारीहरुमा साथै स्थानीयको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार