Close This

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति सदस्यमा सर्लाहीबाट पोख्रेलले सर्वसहमत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   १२९१ पटक हेरिएको

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा सर्लाहीबाट एकजना पत्रकार निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको चौथो केन्द्रीय महाधिवेशन आइतबार साँझ सम्पन्न भएको थियो ।
प्रेस सेन्टरको चौथो राष्ट्रिय अधिबेशनबाट सर्लाही जिल्लाबाट १ जना पत्रकार केन्द्रीय समिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन । अघिबेशनबाट सर्लाहीका पत्रकार जर्नादन पोख्रेल  सर्वसम्मत निर्वाचित भएका हुन । नवनिर्वाचित केन्द्रीय सदस्य पोख्रेल यस अघि पनि संगठनको केन्द्रीय सदस्य थिए ।
अधिबेशनबाट संगठनको केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) सहित १ सय ९१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएका प्रेस सेन्टर नेपाल चौथो महाधविेशन आयोजक समितिले जनाएको छ । त्यस बाहेकका पदाधिकारीको निर्वाचन हुन भने बाँकी रहेको छ । प्रेस सेन्टर नेपालको बिधानले केन्द्रीय सदस्यहरु निर्वाचित भएपछि निर्वाचित केन्द्रीय सदस्यहरुबाट नै उबरिष्ठ पा अध्यक्ष सहितको पदाधिकारीहरु निर्वाचत गर्ने भएकाले पहिलो बैठकबाट बरिष्ठ उपाध्यक्ष सहित ३७ पदाधिकारी निर्वाचित गर्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech