सर्लाहीमा सिकारी र प्रहरीबिच गोली हानाहान,३ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ

2.6k Shares

सर्लाहीको इश्वरपुर नगरपालिका ४ सागरनाथबाट ३ नाल भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इश्वरपुर नारपालिका ४ को सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा १ जना सहित ३ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय केशरगंज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो ।


४÷५ जनाको समुहका रहेका सिकारीहरुले जंगल क्षेत्रबाट निलगाई मारी छाला काडि रहेको समयमा ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलबास र प्रहरी चौकी फुलजोरबाट संयुत्तः रुपमा खटिएको प्रहरी टोली पुगेपछि प्रहरीमाथी नै ३÷४ राउण्ड हवाई फायर समेत गरेका प्रहरी निरिक्षक ढुंगानाले बताउनु भयो । ४÷५ जनाको समुहमा रहेका सिकारीहरुले प्रहरीलाई देख्नासाथ प्रहरीमाथी नै गोली चलाउन थालेपछि प्रहरीले जवाफमा २ राउण्ड हवाई फाएर समेत गर्नु परेको प्रहरीले जनाएको छ । 


प्रहरीमाथी हवाई फाएर गरी अन्य सिकारीहरु भागेपनि इश्वरपुर नगरपालिका ४ का अन्दाजी वर्ष ५२ का रण बहादुर गोलेलाई प्रहरीले ३ नाल बरुवा बन्दुक सहित नियन्त्रणमा लिन सफल भएको छ ।


गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद १ बट्टा,प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतिय मोटरसाईकल समेत बरामद् गरेको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिनु भयो । मारीएको निलगाई ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरुको खोजी कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार