Close This

कम्युनिष्ट सरकारले गरेको  विकास देख्न नसक्नेहरु छटपटाए ः प्रवक्ता श्रेष्ठ 

रासस    प्रकाशित: २०७६-११-२२ गते   ८६३ पटक हेरिएको

दोस्रो राजर्षि जनक कप प्रतियोगीता सर्लाहीकोबागमतीमा उद्धघाटन गर्दै पार्टी प्रवक्ता श्रेष्ठ फोटो वाई रितिक अधिकारी

भातृत्व,मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्व पुर्ण क्षेत्र रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता तथा पुर्व उप प्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भयो । सर्लाहीको बागमती नगरपालिका ११ मा बिहीबारबाट सुरु भएको प्रदेश नं. २ कै सर्वाधिक धनराशीको फुटबल प्रतियोगीता चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगीताको उद्धघाटनका लागि सर्लाही आउनु भएका पार्टी प्रवक्ता श्रेष्ठले यस्तो बताउनु भएको हो । 
राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताउनु भयो । 
खेलाडीहरुले देशको इज्जत,प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीहरुलाई सम्मान गर्ने काममा नेपाल सरकार लागि परेको पार्टी प्रवक्ता श्रेष्ठले बताउनु भयो ।उहाँले अहिलेको नेपाल सरकार देश विकाशको काममा तिब्रगतीमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्यआफुहरुको  लागि स्विकार्य नहुने पार्टी प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
उहाँले सर्लाहीको बागमती नगरपालिका नगर प्रमुखले नगरको विकास तिब्रगतमिा गरेको भन्दै नगर प्रमुख भरत कुमार थापालाई विकास निर्माणका  भाँजो हाल्ने काम गरेमा  त्यस्ता शक्तिहरुमाथी आफु सबै शक्ति प्रयोग गर्न बाध्य हुने बताउनु भयो । उहाँले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षीहरु अतालीएको बताउनु भयो । उहाँले देश विकासमा अवरोध गर्ने आफ्नै पार्टीको नेता तथा कार्यकर्ता जो भएपनिउ कम्युनिष्ट हुन नस्कने बताउनु भयो । साथै मानविश संकटको रुपमा कोरोना भाईरस सृजना भएको नेकपा सर्लाहकिा पार्टी इन्चार्ज डाचाराज बाग्लेले बताउनु भयो ।उहाँले राजनिती मुक्त खेल क्षेत्र बनाउन आग्रह गर्नुभयो ।
त्यसैगरी ७ सय ५३ स्थानिय निकाय मध्ये बागमती नगरपालिका सर्लाही खेल क्षेत्रमा निकै अगाडी बढेको र भोलीका दिनको खेल क्षेत्रका साथै विकाश निर्माणमा देशको सबै भन्दा उत्कृष्ठ नगरपालिका बन्ने नगर प्रमुख थापाले बताउनु भयो । बागमतीयुवा क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगीता चैत्र २ गते सम्म चल्ले छ । प्रतियोगीतामा २ वटा विदेशी र  १० वटा सम्म १२  टिमको सहभागीतामा हुने फुटबल प्रतियोगीताको प्रथम हुने टिमले १० लाख नगद र द्धितिय हुने टिमले ५ लाख नगर पुरस्कार पाउने बागमतीयुवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech