जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतनामुलकका साथै अपराध न्यूनीकरण गर्न सर्लाहीका २० वटै पालिकाहरुमा कार्यक्रम सञ्चालन गर्ने भएको छ।बढदो दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्न तथा अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाहीसंगको संयुक्त आयोजनामा सर्लाहीका २० वटै पालिकाहरुमा कार्यक्रम गर्ने तयारी स्वरुप इश्वरपुर नगरपालिकाबाट अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माले जानकारी दिए ।

उनका अनुसार सर्लाहीका २० वटै पालिकाहरुमा २० दिने अभियान अन्तर्गत बढदो दुर्घटना न्यूनीकरण,ट्राफिक सचेतना अभिवृद्धि तथा अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीको संयुक्त रुपमा अभिायन सुरु गरेको हो ।पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा सर्लाहीको भूगोल र जनसंख्याको आधारमा जनशक्ति अभाव रहेको भएपनि ट्राफिक प्रहरीले आफ्ना अभियानहरुलाई निरन्तरता दिई रहेको छ ।

अभिायनको अनौपचारीक उद्धघाटन कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्मुख मनोज कुमार आचार्य,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र नाथ पौडेलका साथै स्थानीय जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ ।