सर्लाहीकाे लालबन्दी नगरपालिका ८ का २ जना लागूऔषध सहित पक्राउ परेका छन् । लालबन्दी नगरपालिका ८ का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका ६ का अशोक लामा लागू अाैषध सहित पक्राउ परेका जिल्फा प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुबैजनालाई आइतबार राति प्रहरीले नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत कविलासी नगरपालिका ८ बाट पक्राउ गरिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनु भयाे ।
उहाँका अनुसार डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो । भारतिय नम्बर प्लेटकाे एचआर २६बिपि १८७६ नम्बरको कार सहित पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।