Close This

मलंगवामा बसबाट खसेर एकको मृत्यु,एक घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१५ गते   २२६ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका २ स्थित झण्डाबजारमा यात्रु बसबाट खसेर एकजनाको ज्यान गएको छ । मलंगवा नगरपालिका २ स्थित सुदामाबाट मलंगवा तर्फ आउदै गरेको  ग १ ख ९४५२ नं.को बसबाट ओर्लने क्रममा अल्झीएर लड्दा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको कौडेना गाउँपालिका ३ का अन्दाजी वर्ष ३५/३६ का चन्दन चौधरी बसबाट ओर्लिने क्रममा सट ढोकामा अल्झी भुईमा लड्दा उनको ज्यान गएको हो । घटनास्थलबाट उपचारका प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार चिकित्सकले मृत घोषणा गरेपछि उनको शव अहिले प्रदेशिक अस्पताल मलंगवामा राखिएको र बस प्रहरीको नियन्त्रण मा रहेको छ । भने बसका चालक फरार भएका र उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।
साथै सोही बस सुदामाबाट मलंगवा तर्फ आउने क्रममा कौडेना गाउँपालिका २ स्थित लखनदेही खोलाको पुल नजिक रहेको जोल्डिङमा पर्दा उक्त बसमा सवार गोडैता नगरपालिका ५ की अन्दाजी वर्ष ६५ की ईश्वरवति देवी घाइते भएकी छन् । बसको सिटको फलामको डण्डीमा ठोकिन जाँदा ईश्वरवतिको बाँया हातको कुमको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको साथै उनको उपचार प्रादेशिक अस्पताल मलंगवामा भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech