जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले पनि बिहीबारबाट एक सातासम्मका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु गरेको छ।साताव्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम अन्र्तगत बिहीबार जिल्ला समन्वय समिति सर्लाहीको अगाडि जिविसचोकदेखि सुजाता होटलसम्म प्रभात फेरि निकालिएको थियो ।
सप्ताहव्यापी सचेतनामूलक कार्यक्रममा सवारी साधनको अवस्था परीक्षण,रक्तदान,चालक तथा सहचालकको स्वास्थ्य परीक्षण,यातायात व्यवसायीसँग छलफल र पर्चा पप्पलेट वितरणलगायतका कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले बताए।ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण र सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम अघि सारेको हो ।
बिहीबार मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी,नेपाली सेना भैरवीदल गण पाँचकुमारी ब्यारेक लालबन्दी २ का गणपति एवम प्रमुख सेनानी सूर्यबहादुर कार्की,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंहलगायतको विशेष उपस्थितिमा कार्यक्रमको बिहीबार औपचारिक उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक थापाले जानकारी दिए।उनका अनुसार मधेश प्रदेशका अन्य जिल्लामा झैँ सर्लाहीमा पनि बिहीबार औपचारिक कार्यक्रम गरी सप्ताहव्यापी अभियानको प्रारम्भ गरिएको हो ।
ट्राफिक प्रहरीले जरिवाना मात्रै गर्दैन सचेतना जगाउने तथा सवारी चालकहरुलाई प्रत्यक्ष लाभ हुने काम पनि गर्छ साथै ट्राफिक प्रहरी भनेपछि खराब नियतले हेर्ने परम्परालाई पनि रुपान्तरण गर्दै ट्राफिक प्रहरी हाम्रो साथी हो भन्ने भावना जगाउन पनि साताव्यापी कार्यक्रम सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया बाराले जनाएको छ ।