सर्लाहीको लालबन्दी नगरपालिका १३ स्थित चुरे क्षेत्रमा तीनवटा भालुले आक्रमणमा गर्दा एक पुरुष घाइते भएका छन्।लालबन्दी नगरपालिका १३ स्थित चुरे क्षेत्रमा तीनवटा भालुले आक्रमणमा गर्दा स्थानीय अन्दाजी वर्ष ५० का मान बहादुर बम्जन घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्तःा एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार लालबन्दी बजारबाट जंगलको बाटो घर फर्किँदै गर्दा बम्जनलाई तीनवटा भालुले आक्रमण गरेको उनको परिवारले बताएका छन् ।भालुको आक्रमणबाट घाईते भएका बम्जनको लालबन्दीमा उपचार भई रहेको छ ।
उनको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।भालुले आक्रमण गर्न थालेपछि आफूले रुखमा चढेर ज्यान जोगाएको बम्जनले बताए।रुखमा चढेर बसिरहेको बेला सोही बाटो भएर अरु बटुवाहरु आएपछि आक्रमण गर्ने भालु भागेको बम्जनको भनाई छ।भालु भागेपछि रुखबाट ओर्लिएका बम्जनलाई आफन्तले अस्पताल पु¥याएका हुन्।पछिल्लो समय वन विनाश हुँदै जान थालेपछि जंगली जनावरहरु गाउँ बस्ती पस्न थालेका छन् ।