लालबन्दीमा हाल सम्म करिब अढाई सय क्षयरोगका बिरामी फेला

759 Shares

शंखर पहाडी( गाैरब)
सर्लाहीको लालबन्दी नगरपालिकामा हाल सम्म करिब अढाई सय जना क्षयरोगी मानिसहरु फेला परेका छन् । १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा हाल सम्म दुई सय ५४ जना क्षयरोगी मानिसहरु फेला परेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
 नगरपालिकामा गत आर्थिक वर्ष २०७८/०७९ मा एक सय ५७ जना र चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म ९७ जना गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका लालबन्दी नगरपालिकाकाे नगर स्वास्थ शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।
उनका अनुसार नगर भित्र क्षयरोगीहरुका बिरामीहरुको खोज तलास भई रहेको साथै हाल सम्म फेला परेका क्षयरोगका बिरामीहरुले नियमित औषधी सेवन  गरि रहेका छन्। 
विशेषगरी नगर भित्रका दलित,गरीब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग वढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए।
लालबन्दी नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका घोषणा अभियानको सुरुवात गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगर भित्र हाल सम्म दुई सय ५४ जना मानिसहरुमा क्षयरोग देखा परेको र अरु मानिसहरुको पनि पहिचान गर्ने काम भई रहेको जनाएको छ ।
नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहको रुपमा लालबन्दी नगरपालिकाले पनि अवलम्बन गरेको र नगर भित्र हाल रहेका क्षयरोगीहरुलाइृ नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीहरुको पहिचान गर्ने काम पनि गरी रहेको नगर प्रमुख बासुदेव अधिकारीले बताए । उनले नगरपालिकालाई क्षयरोग मुक्त बनाउँने प्रतिबद्धता समेत जाहेर गरे  ।
वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । क्षयरोगका कारण देशभर वार्षिक १७ हजार र दैनिक ४४ जनाले ज्यान गुमाउने गरेका तथ्यांकले देखाएको नगर स्वास्थ्य शाखाका प्रमुख मिक्तानीले बताए । उनले क्षयरोग मुक्त देश घोषणा गर्ने सरकारले ल्याएको अभियानलाई साथमा साथ र हातमा हात मिलाउन लालबन्दी नगरपालिकाले पनि यो अभियान सुरु गरेको बताए ।

सम्बन्धित समाचार