Close This

सर्लाहीको सिडिओमा महतो आउँदै,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१५ गते   १०४ पटक हेरिएको

सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडीओ)को रुपमा रामकुमार महतो आउनु हुने भएको छ । झण्डै एकवर्षदेखि कञ्चनपुर जिल्लाको सिडीओको रुपमा रहनु भएका महतोलाई गृहमन्त्रालयले मंगलबार सर्लाही सरुवा गरेको हो ।
सडीओ महतो केहिदिन भित्रै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर हुने जनाइएको छ । लामोसमय शाखा अधिकृत रहनु भएका महतो झण्डै एकवर्ष अघि प्रशासन सेवा तर्फ सहसचिवमा नाम निकालेपछि पहिलोपटक उहाँलाई गृह मन्त्रालयले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सिडीओको जिम्मेबारी दिएको थियो ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज घर हुनु भएका महतोले लोक सेवा आयोगबाट सहलेखापालमा नाम निकालेर सरकारी जागिरको यात्रा सुरु गर्नु भएको थियो । महतो झण्डै डेढवर्ष अघि सर्लाहीको कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech