माओवादी केन्द्र र एमाले मधेस सरकार छोड्दै,राजीनामा बुझाउने दुबै पार्टीका मन्त्रीहरुकाे तयारी

451 Shares

नेकपा (माओवादी केन्द्र)र नेकपा(एमाले)मधेश प्रदेश सरकारबाट बाहिरिने भएका छन् ।एमाले र माओवादी केन्द्रले मधेश प्रदेश सरकार छोड्ने तयारी गरेको एमालेकी प्रदेश सभा सदस्य तथा गृह संचार तथा कानुन राज्य मन्त्री शारदा देवी थापाले बताईन् ।

उनले एमाले संसदी दलका नेता तथा भाैतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले दुबै पार्टीका छ जना मन्त्रीहरुलाई बोलाएको बताउँदै एमाले र माओवादी केन्द्रका सबै मन्त्रीहरु उपस्थित भएपछि एकैसाथ आजै राजिनामा बुझाउने तयारी गरेकाे बताए । मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)नेपालका नेता सरोजकुमार यादव मुख्य मन्त्री छन् भने उनकाे नेतृत्वको मन्त्रिपरिषदमा एमाले,माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टी सहभागी भएको छ ।

नेपाली कांग्रेस,जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा) नेपाल भने सरकार बाहिर रहेकाे छ । गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नयाँ गठबन्धन गरेपछि मधेश सरकार पुनर्गठित भएको थियो भने वैशाख ६ मा माओवादी केन्द्रले पुरानो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरूलाई पठाएको थियो ।

एमालेले पनि त्यसै दिन आफ्ना मन्त्रीहरू सरकारमा पठाएको थियो । जनता समाजवादी पार्टी(जसपा)नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ ।राईको नेतृत्वमा जसपा गठन भएपछि मधेश सरकारमा खैलावैला मच्चिएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार