Close This

मलंगवा ९ काे बाल मन्दिरलाई हरिवन नपाद्वारा विद्युतिय सामाग्री सहयाेग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२६ गते   २५२१ पटक हेरिएको

सर्लाहीको  मलंगवा नगरपालिका ९ मा रहेकाे बाल मन्दीरलाइ विद्युतिय सामाग्री सहयाेग प्राप्त भएको छ । हरिवन नगरपालिकाकाे सहयाेगमा मलंगवा नगरपालिका ९ काे बाल मन्दिरमा नेपाल बाल संगठन सर्लाही मार्फत सहयाेग प्राप्त भएको हाे ।
बाल मन्दिरमा रहेका असहाय बालबालिकाहरुलाई हाम्राे पनि केही छ भन्ने आभास गराउन पनि आफुहरुले सानाे भए पनि सहयाेग गरेकाे हरिवन नगरपालिकाका नगर प्रमुख गणेश  प्रसाद प्रसाईंले बताउनु भयाे । 
 मलंगवा नगरपालिका ९ मा रहेकाे बाल मन्दिर व्यावस्थापन र बाल मन्दिरमा रहेका बालकहरुका लागि सहयाेग पुर्याउन नेपाल बाल संगठन सर्लाहीका सभापति समिमबाबु खानकाे विशेष आग्रहमा  नगर प्रमुख प्रसाईंले आज(मंगलबार) मन्दिर परिसरमा पुगेर बाल मन्दिरलाई कम्प्युटर १ थान,ल्याप्टप १ थान र  प्रिन्टर १ थान हस्तान्तरण गर्नु भएको हाे । जसकाे काेहि छैन उसकाे राज्य हुन्छ र हुनु पर्छ त्याे हामिले आभास दिलाउन सक्नु पर्छ सामाग्री हस्तान्तरण कार्यक्रममा  नगर प्रमुख प्रसाईले बताउनु भयाे ।
साथै उहाँले सर्लाहीका सबै स्थानिय सरकारले यस्ता सामाजिक संघ/ संस्थाहरुलाइ विशेष ध्यान दिनु पर्ने बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech