Close This

गणेशमान चारनाथमा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरा फायरिङ ,१ बन्दुकधारी घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२८ गते   २०८ पटक हेरिएको

प्रतीकात्मक तस्बिर

धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइतेभएका छन् । गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहा स्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका हुन् । 
प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर गणेशमान चारनाथ नगरपालिका ५ का अन्दाजी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।
पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद भएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक रजौरेले बताउनु भयो । ती समूहका अन्य व्यक्ति भने फरार भएको र उनिहरुको खोजी तथा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech