Close This

चिसो बढेसँगै तराईको जनजीवन प्रभावित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-६ गते   ११९० पटक हेरिएको

अचानक बढेको चिसोका कारण सर्लाही सहित प्रदेश २ को जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धबुद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर तथा दाउरा बालेर आगो ताप्न थालेका छन् । 
चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्ति विशेष प्रभावित हुने गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर कयौँ सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्न सक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन र बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरुको विशेष हेरचाह गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा.प्रगति राना मगरले सुझाव दिनु भयो ।
पुस र शीतलहरसँगै सर्लाही आसपासका जिल्लाहरुमा चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएसँगै जनजीवन प्रभावित हुँदै आएको छ ।शितलहर सुरु भएसँगै हुस्सु लाग्न थालेको छ । अत्यधिक चिसोका कारण बिहान बेलुका बजारहरुमा मानिसको चहलपहलमा कमि आउन थालेको छ । चिसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका र बृद्धबृद्धा तथा शारिरीक अशक्त भएका मानिसहरु रहेका छन् । चिसो मौसममा बिहानै स्कुल कलेज जाने बिद्यार्र्थीहरु पिडित हुने गरेका छन। 
चिसो बढ्दै जाँदा रुघाखोकी र ज्वरोका बिरामीहरु बढ्न सक्ने भएकाले ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।  जिल्लाको गरीव बस्ति तथा दलित बस्तिका बासिन्दाहरु न्यानो कपडा तथा ओड्ने ओछ्याउने नहुदा समेत पीडित बनेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech