रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण यो समाचार तयार पर्दा सम्म रसुवाका विभिन्न क्षेत्रमा कार्यरत सिन्धुलीका ३८ जना सम्पर्कविहीन भएका छन्।जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्राप्त विवरण अनुसार बुधबार बिहान आएको बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नरहेका हुन ।
कार्यालयका अनुसार त्रिशुली जलविद्युत आयोजनामा कार्यरत सिन्धुलीको कमलामाई नगरपालिका–१ का राजेन्द्र ढकाल,अपर त्रिशुली थ्रिएमा कार्यरत दुधौली नगरपालिका–१ गिजिहानिका दिर्घ बहादुर कार्की(हरि),सोहि ठाउँमा कार्यरत दुधौली नगरपालिका–४ का मोहन विक्रम थापा(कुमार)सम्पर्क विहीन छन् ।
साथै,त्रिशुली हाइड्रो पावर रसुवामा कार्यरत कमलामाई नगरपालिका–३ का हेम प्रसाद गौतम, टिमुरे धताल ग्रुप कम्पनी विलिङ रसुवामा कार्यरत फिक्कल गाउँपालिका–२ बस्ने खिलनाथ आछामी(दिनेश)पनि सम्पर्क विहीन रहेको प्रशासनले जनाएको छ ।
यस्तै,कमलामाई नगरपालिका–११ का मात्र १३ जना सम्पर्कविहिन भएका छन्। रसुवाको टिम्बुरे बजार क्षेत्रमा बाटो निमार्ण गर्ने लक्ष्मण सापकोटा,राज कुमार श्रेष्ठ,बुद्धि विक्रम थापा, बल बहादुर माझी,भक्त बहादुर माझी,सोम बहादुर माझी,भरत माझी,शंकर खत्री,टंक बहादुर श्रेष्ठ,विष्णु बहादुर श्रेष्ठ र प्रेम बहादुर घलान सम्पर्कविहिन भएका छन्।साथै कमलामाई नगरपालिका–११ का सुनिल माझी र राजन रसाईली पनि परिवारको सम्पर्कमा नआएको जनाइएको छ ।
रसुवागढी हाइड्रो पावरमा कार्यरत कमलामाई नगरपालिका–६ का खगेन्द्र मग्राती,तीनपाटन गाउँपालिका–९ बतासेका नैन बहादुर मस्राङ्ग्री मगर सम्पर्क विहीन छन्।
चाइनिज बोडर हाईड्रोपावरमा कार्यरत कमलामाई नगरपालिका–९ बथान चौडीका केबुल बहादुर थापा,दुधौली नगरपालिका–१३ जलकीनेका फलाम सिंह सुनुवार,रसुवाको स्याप्रु बेसिमा घर बनाउँने काम गर्न गएका दुधौली नगरपालिका–२ हत्पते डाँडाका लाल बहादुर पुलामी मगर,टिमुरे हाईड्रो पावरमा अपरेटका रुपमा कार्यरत घ्याङ्लेख गाउँपालिकाका बिपिन कुमार गोले पनि सम्पर्कविहीन भएका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
साथै,सवारी चालक हरिहरपुरगढी गाउँपालिका–८ का फुरस्याङ स्याङ्तान,काठमाडौदेखि रसुवा ट्रक चलाउँने मरिण गाउँपालिका–३, बरुणका संचमान मोक्तान,रामे जिम्बा,रसुवाको घट्टेखोला कैलाश होटलमा काम गर्ने सुनकोसी गाउँपालिका–२ बस्ने अमद यादी मगर,प्रबिन बुर्जा मगर, सुमन बुर्जा मगर र सबिन बुर्जा मगर पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
यस्तै, काठमाडौबाट गोसाईकुण्ड नेपाली धार्मिक भ्रमण लिएर गएका गोलन्जोर गाउँपालिका–१ का जीत बहादुर पहरी,पर्यटक लिन रसुवा पुगेका सुनकोसी गाउँपालिका–७ का नेत्र बहादुर स्याङ्वा,नेपाली सेनाको जमदान सेरगण नुवाकोटमा कार्यरत कमलामाई नगरपालिका– ९ का पाण्डब भण्डारी,रसुवामा घरमा काम गर्न गएका तीनपाटन गाउँपालिका–१ का बृद्धि बहादुर थापा मगर,कमलामाई नगरपालिका– ९ का सेरगण दरबन्दी मैलुङमा कार्यरत नेपाली सेना दिपेन्द्र न्यौपाने सम्पर्कविहीन भएका छन् ।
त्यसैगरी,सर्लाहीका नौ जना सम्पर्क विहीन भएका छन्।लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले,अनुज काफ्ले,लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला,द्वारिका दंगाल र चिरञ्जीवी खतिवडा सम्पर्क विहीन भएका हुन्।उनीहरू केही दिनअघि गोसाईंकुण्ड तीर्थयात्रामा गएका थिए।
सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन्।उनीहरू साथीहरूसँग मिलेर रसुवाको गोसाईंकुण्ड यात्रामा गएका र बुधबार बिहानबाट सम्पर्कविहीन भएका परिवारजनले जानकारी दिएका छन् ।
भोटेकोशीको बाढीले त्रिशूली “थ्रीबी” जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन छन् ।
उनीहरू कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन्।जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।