146
Shares
सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको फूल र दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल,बाेडर आउट पाेष्ट (बीओपी.) मधुवनीबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बिआर ३० एडी ८९०५ र बिआर ०६ एयु ८७१३ नम्बरका दुई वटा भारतिय माेटरसाईकल सहित अन्दाजी मूल्य रु चार लाख बराबरकाे नियन्त्रणमा लिएर फूल नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।नेपालका भारतमा उत्पादन भएको फूल भित्र्याउन प्रतिवन्ध छ ।