Close This

तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक पत्रकार पहाडी सम्मानित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२१ गते   ११४९ पटक हेरिएको

रौतहटबाट प्रकाशित भई रहेको तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडी सामानित हुनु भएको छ । संकल्प बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार पहाडीलाई सम्मान गरेको हो ।
संस्थाले आफ्नो १४ औ स्थापना दिवसको अवसरमा पहाडीलाई कदर पत्र दिएर सम्मान गरिएको जनाएको छ । 
पत्रकार पहाडीले पत्रकारिता एवम् सामाजिक क्षेत्रमा पुर्याएका योगदानको कदर गर्दै उहाँलाई सम्मन गरिएको संस्थाले जनाएको छ । कार्यक्रमकी बिशिष्ट अतिथि एवम चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले पत्रकार पहाडीलाई कदर पत्र दिएर सम्मान गर्नु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech