सर्लाहीको लालबन्दी नगरपालिकाले नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि भन्दै ठेक्का लगाएको कालिन्जोर खोला ठेक्का भन्दा करिब २० हजार घनमिटर बढी उत्खन्न भएको पाइएको छ।लालबन्दी नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि भन्दै २०८२ भदौ १९ गते कालिन्जोर खोला ठेक्का लगाएको थियो । कालिन्जोर खोलाको ७९ हजार ८३ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि भन्दै बोलपत्र आव्हान गरेकोमा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित रहेको कुण्डलिनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले रु एक करोड ८० लाख ८० हजार दुई सय २६ मा ठेक्का सकार गरेको थियो ।
वातावरणिय प्रभाव मुल्यांकन(आईई) अनुसार कालिन्जोर खोलाबाट ७९ हजार ८३ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न पाउने भएपनि ठेकेदार कम्पनीले १९ हजार चार सय २८ दशमलव २४ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको रहस्य फेला परेको हो ।
कालिन्जोर खोालमा नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न गर्दा मापदण्ड विपरित भएको भन्दै लालबन्दी नगरपालिका–१७ का स्थानीय भरत बहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गरेका थिए।त्यसपछि लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास सहितको टोलीले नापजाँच गरेकोमा सोको एकीन विवरण आउन बाँकी छँदै लालबन्दी नगरपालिकाको प्राविधिक टोलीले फेरी गरेको नापजाँचमा कुल ९८ हजार पाँच सय ११ दशमलव २४ मनघिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको रहस्य फेला परेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले जानकारी दिए ।
उनका अनुसार ७९ हजार ८३ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न ठेक्का लगाएकोमा ठेकेदार कम्पनीले १९ हजार चार सय २८ दशमलव २४ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको फेला परेपछि सो वापत ठेकेदार कम्पनीलाई ४४ लाख ४१ हजार सात सय ५० रुपैँया ६९ पैसा जरिवाना गर्नुपर्ने देखिए अनुसार उक्त जरिवाना भुक्तानी गर्न पत्राचार गरिएको छ ।
ठेकेदार कम्पनीले रु एक करोड १९ लाख बैँक ग्यारेन्टी राखेको र नगरपालिकालाई अन्तीम किस्ता वापतको रु ५७ लाख तिर्न बाँकी रहेको साथै जरिवाना वापतको गरि कुल एक करोड १४ लाख एक हजार सात सय ५० रुपैँया ६९ पैसा लालबन्दी नगरपालिकालाई ठेकेदार कम्पनीले तिर्नुपर्ने लालबन्दी नगरपालिकाले जनाएको छ ।
नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि ठेक्का आव्हान गर्दा वातावरणिय प्रभाव मुल्यांकन(आईई)स्वीकृत नगरेको र “ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७”को पालना नगरेको भन्दै थापाले २०८२ माघ २९ मा निवेदन पेश गरि २०८३ बैशाख ३ मा उजुरी दर्ता नम्बर ऋ–०५७२७० ले लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासलाई विपक्षी बनाएका थिए ।
त्यसपछि तातेको लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोली कालिन्जोर खोलामा स्थलगत नाँपजाँचका लागि पुगेको थियो ।
यसबाट लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको मिलेमतोमा कालिन्जोर खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण भएको रहस्य फेला परेको स्थानीयको भनाई छ ।
थापाले पनि लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आर्थिक चलखेल गरेर मापदण्ड विपरित उत्खनन गरी नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खनन्,संकलन तथा बिक्रि गरिएको र उत्खनन्,संकलन तथा बिक्रि गरिएको आरोप लगाए ।
यता,सो विषयमा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुईटेललाई सोध्दा यस विषयमा समाचार नबनाई दिन आग्रह गरे।उनको यो आग्रहबाट पनि कालिन्जोर खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणमा लालबन्दी नगरपालिकाको पनि कुनै न कुनै रुपमा संग्लग्नता रहेको प्रष्ट हुन्छ ।
लालबन्दी नगरपालिकालाई कालिन्जोर खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण मापदण्ड विपरित भएको भन्दै यस अघि पटक पटक स्थलगत अनुगमन गर्न आग्रह गर्दा वेवास्था गर्नु र अख्तियारमा उजुरी परेपछि सरोकारवाला निकाय तात्नु तथा ठेक्का भन्दा १९ हजार चार सय २८ दशमलव २४ घनमिटर बढी नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरण हुनु साथै ठेकेदार कम्पनीको नाममा नगरपालिकाले ४४ लाख ४१ हजार सात सय ५० रुपैँया ६९ पैसा जरिवाना हुने गरी पत्राचार गर्नुले पनि नगरपालिकाको संग्लग्नता रहेको प्रष्ट हुने स्थानीय बताउँछन्।स्थानीयका अनुसार ४४ लाख ४१ हजार सात सय ५० रुपैँया ६९ पैसा सरकारी राजश्वमा हानी नोक्सानी पुर्याउने कार्यमा नगरपालिका पन संग्लग्न रहेको भन्दै नगरपालिका विरुद्ध पनि उजुरी गर्नुपर्ने स्थानियको माग छ ।साथै सो विषयमा असहमती जनाउँदै ठेकेदार कम्पनी अदालत गएको समेत पाइएको छ ।