लालबन्दी नगरभित्रका बैँक तथा वित्तिय संस्थाहरु अहिले नखुल्ने

2.4k Shares

सर्लाहीको लालबन्दीमा समुदाय स्तरमा कोरोना फैलिन थालेपछि जनप्रतिनिधिहरु सहित स्थानिय व्यापारी,व्यावसायी तथा प्रहरी प्रशासन मिलेर सुरु गरिएको लक डाउनको कार्यान्वयन गराउने काम निरन्तर रहेको नगरपालिकाले जनाएको छ । 
 लालबन्दी बजारमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि जनप्रतिनिधिहरुकै अगुवाईमा सुरु भएको लक डाउन कडाई अभियान सोमबार पाँचौँ दिन पनि निरन्तर रहेको नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बैँक तथा वित्तिय संस्थाहरु खोल्ने दिने निर्णय गरेको भएपनि लालबन्दीमा कोरोना संक्रमणका कारण १ जनाको ज्यान गएको भन्दै नगरले विज्ञप्ती निकालेर यस अघिको निर्णय यथावत रहेको जनाएको हो ।  साथै नगरभित्रका कुनै पनि बैँक तथा वित्तिय संस्थाहरु यस अघिको सुचना अनुसार नै बन्द रहने नगरपालिकाले जनाएको छ ।
औषधी पसलहरु बाहेकका सबै व्यापार व्यावसाय,बैँक तथा वित्तिय संस्थाहरु नगरपालिकाले भदौँ ५ गते नगरपालिकाले गरेको सुचना अनुसार नै भदौ १२ गते सम्म बन्द रहने नगर प्रमुख मान बहादुर खड्काद्धारा हस्ताक्षेरित विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
लक डाउनको समयमा पनि व्यापारी व्यावसायीहरुले लक डाउनलाई वेवास्था गरि आफने व्यापार व्यावसाय गरी रहेका तथा तरकारी बजारहरु निर्वाध रुपमा सञ्चालन रहेको भन्दै विभिन्न स्थानबाट गुनासो आउन थालेपछि नगरपालिकाले जनप्रतिनिधिहरुको नेतृत्वमा गत बिहीबारबाट एक हप्ताका लागि नगरमा लक डाउनलाई थप कडाई सुरु गरेको थियो ।
नगरमा हाल सम्म ४९ जनामा कोरोना संक्रमित थपिएका छन । केही मानिसहरु होम आइसोलेसनमा र केही नगरपालिकाले तयार पारेको कृषि सामाग्री कम्पनी लिमिटेडको आईसोलेसनमा बसि रहेका नगर स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र कुमारखतिवडाले जानकारीदिनु भयो । उहाँकाअनुसार ४ जना कोरोना जितेर घर फर्कि सकेका छन ।
नगरको लक डाउन कस्तो बनाउने भन्ने त्यतिबेला नै निर्णय हुने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।

सम्बन्धित समाचार