Close This

भारतबाट फर्केका हजारौँ नेपाली परीक्षणीबनै गाउँगाउँमा,कोरोना संक्रमणको त्रास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२१ गते   १९८ पटक हेरिएको

 कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन सयौँको संख्यामा सर्लाहीको ५१ किलो मिटरको खुल्ला नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको लर्काे छ । तर उनीहरूलाई परीक्षण बिना नै गाउँ जान दिइएको छ ।
भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच नुने गरेको छैन । स्वास्थ्य कार्यालय सर्लाहीमा पिसिआर जाँच समेत हुने गरेको र २४ घण्टा भित्रमा रिपोर्ट आउने भएपनि नागरीकको पिसिआर परिक्षणमा चासो कम देखिएको  स्वास्थ्य कार्यालय सर्लाहीका  सुचना अधिकारी वलिराम यादवले बताउनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण गाउँघरमा संक्रमण फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानिय निकायहरुले पुर्ण तथा आंशिक लक डाउन(निषेधाज्ञा) घोषणा गरिसकेका छन् । जिल्लामा हाल सम्म १ सय २६ जनामा एन्टीजेन सहित कोरोना संक्रमण पोजेटिभ देखिएको छ भने ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण कुमार नायकले जनाएको छ ।
सिमानाकामा छिमेकी देशबाट आउनेहरु सम्पर्कमा आएको खण्डमा उनिहरुको एन्टीजेन चेकजाँच भई रहेको र शंकास्पदहरुको चेक भई रहेको जन स्वास्थ्य प्रमुख नायकले बताउँनु भयो । छिमेकी देश भारतबाट खुलेआम रुपमा नेपाल प्रदेश गरेका र उनिहरुको स्वास्थ्य जाँच समेत नहुँदा कोरोना संक्रमण सिधै गाउं गाउँमा फैलिन थालिसकेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech