सर्लाही ३ मा २८ स्वतन्त्र र २१ दलबाटगरि ४९ जना चुनावी मैदानमा(नामावली सहित)

1.5k Shares


आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीको क्षेत्र नम्बर ३ मा स्वतन्त्र सहित ४९ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १३ जना र प्रदेश सभामा ३६ जना गरि कुल ४९ जनाको उम्मेदवारी परेको हो ।
२ वटा प्रदेश सभा रहेको सर्लाही क्षेत्र नम्बर ३ मा ६ जनाको प्रतिनिधि सभा तर्फ स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक  दलबाट प्रतिनिधि सभा तर्फ उम्मेदवारी परेको छ भने सर्लाही ३(क) मा १० जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १७ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । त्यस्तै सर्लाही ३(ख)मा १२  जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १९ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको हो ।
त्यस्तै,सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फ अभिषेक प्रसाद साह,उत्तर कुमार मैनाली,ओम प्रसाद मैनाली,कृष्ण राय यादव,राम बिहारी महतो र श्याम बाबु यादवको स्वतन्त्र उम्मेदवारी परेको हो ।
यता, मंगोल नेश्नल अर्गनाइजेसन पार्टीबाट इन्द्रमान वाईवा, नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट नागेन्द्र साह कलवार,राष्ट्रिय स्वतन्त्र पार्टीबाट पञ्च बहादुर सिङ्तान,हाम्रो नेपाली पार्टीबाट भवानी घिमिरे,बहुजन एकता पार्टी नेपालबाट राज पुकार पासवान,जनमत पार्टीबाट त्रिभुवन कुमार सिंह र नेकपा(एमाले) र जनता समाजववादी पार्टी नेपालको दुई दलिय गठबन्धनबाट हरि प्रसाद उप्रेतीको गरि १३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ ३(क) मा १० जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १७ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ कमल बहादुर कार्की,कल्याणी उप्रेती,कविर लामा,गंगालाल थिङ्,जंगली महतो,जवाहरलाल कुशवाह,बुद्धि प्रसाद विमली,बैकुण्ड प्रसाई,राम जिवन साह र रोशन लामाको स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।
यता,हाम्रो नेपाली पार्टीबाट इन्द्रजीत प्रसाद महतो,नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुर्य दलिय गठबन्धनबाट गणेश प्रसाद प्रसाई,नेकपा(एकिकृत समाजवादी) पार्टीबाट डिल्ली प्रसाद उप्रेती,जनमत पार्टीबाट पनिराम महतो,मंगोल नेश्नल अर्गनाईजेसन पार्टीबाट बुद्धलामा रुम्वा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीराम महतो र बहुजन एकता पार्टी नेपालबाट सोमन दुसाधको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्लाही ३(ख)मा १२ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १९ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ कमल साह कलवार,किशोरी ठाकुर,गायत्री कुमारी,घनश्याम झा,दिलीप कुमार महतो,नवल किशोर साह,नेमिवालाल राय,भाग्यनारायण महतो,राकेश कुमार साह,राकेश कुमार राय र सरोज कुमार रायको उम्मेदवारी परेको छ । 
यता,बहुजन एकता पार्टी नेपालबाट अहिमन महरा चमार,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकेश कुमार साह,जनता प्रगतिशिल पार्टी नेपालबाट शेख शहिदुतलाह,जनता समाजवादी पार्टीबाट संयज कुमार यादव,जनमत पार्टीबाट शत्रुधन प्रसाद सोनार,हाम्रो नेपाली पार्टीबाट सुनिल प्रसाद गुप्ता र नेपाली कांग्रेसबाट हरेश महतोको उम्मेदवारी परेको छ ।
सर्लाही क्षेत्र नम्बर ३ मा १ जना र ३(क)मा १ र ३(ख)मा १ जना गरि ३ जना प्रत्यक्ष निर्वाचिन हुन ४९ जनाको उम्मेदवारी परेको हो । जसमा २८ जनाको स्वतन्त्र र २१ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 

सम्बन्धित समाचार