महोतरीको सव डिभिजन वन कार्यालय टुटेश्वरले गौसला नगरपालिका–८ स्थित ढल्केबाट ठुलो मात्रामा सालका गोलिया र चिनार काठ बरामद् गरेको छ । गौसला नगरपालिका–८ स्थित ढल्केमा उखुबारीमा लाकाई छिपाई राखेको १० वटा सालका गोलीया र ५६ थान सालका चिरान काठ बरामद् गरिएको सव डिभिजन वन कार्यालय टुटेश्वरका प्रमुख भिम बिक्रम खड्काले जानकारी दिए ।उनका अनुसार सागरनाथ वन विकास परियोजना अन्र्तगत हातिलेड वन व्यावस्थापन शाखा अन्र्तगतको कुशमाढी क्षेत्रबाट तस्करहरुले काठ काटी चोरी पैठारी गरि गौसला नगरपालिका–८ स्थित ढल्केमा उखुबारीमा लाकाई छिपाई राखेको अवस्थामा १० वटा सालका गोलीया र ५६ थान सालका चिरान काठ बरामद् भएको हो ।
सागरनाथ वन विकास परियोजनाका कर्माचारीहरुले विगत करिब सवा वर्षदेखि तलब नपाएको भन्दै कार्यालयहरुमा धर्ना एवम आफ्नो काम नगरेपछि सोही मौकामा काठ तस्करहरुले काठ तस्करी गरेका पाइएको डिभिजन वन कार्यालय महोतरीले जनाएको छ । कर्माचारीहरु तलब नपाएको बाहनामा काठ तस्करहरुसंग मिलि सहज रुपमा काठ तस्करी गर्न दिएका पाइएको एक स्थानीयले बताए ।उनका अनुसार रियोजनाका कर्माचारीहरु काठ छापामारीमा नजानु पनि उनीहरुको संग्लग्नतामा परियोजना क्षेत्रको काठ तस्करी हुने गरेको स्पष्ट हुन्छ ।