लक डाउनको समयमा पनि लालबन्दी नगरमा विकास निर्माणको काम निरन्तर,तर ठुला योजना अलपत्र, साना काम निरन्तर

2.5k Shares

सर्लाहीका स्थानिय निकायहरुले लक डाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन । आर्थिक वर्ष २०७६÷०७७ मा रकम विनियोजन भएका विकास निर्माणका कामहरु धमाधम भईरहेका छन ।
जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन । उनिहरुले लक डाउनको समयमा पनि सामाजिक दुरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरि रहेका छन । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) विरुद्ध नेपाल सरकारले चैत ११ गते घोषणा गरेको लक डाउन जारी रहेको रहेको छ । नेपाल कै सबै भन्दा बढी स्थानिय निकाय भएको जिल्लामा  विकास निर्माण कार्यलाई लक डाउनले खासै प्रभाव पार्न सकेको छैन । 
पछिल्लो क्रममा आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाको सबै भन्दा धेरै रकम प्राप्त गर्ने लालबन्दी नगरपालिकामा १७ वटा वडाहरु रहेका छन । जसमा चालुआर्थिक वर्षमा विनियोजन गरेको रकमको करिब ६० प्रतिशत काम सकिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । बन्दा बन्दी अर्थात लक डाउनका कारण काम गर्न केही समस्या भएको भएपनि नगरमा ठेक्का प्रक्रिया मार्फत गरीने काम निरन्तर भई रहेका छन । 
लक डाउन जारी रहेको भएपनि नगरभित्रका विकासका काम निरन्तर हुँदा केही बेरोजगारहरु,मजदुरहरुको आफ्नो दैनिकी चलाउन सहज भई रहेको नगर प्रमुख खड्काले बताउनु भयो । नगरपालिकाले चालु आर्थिक वर्षमा रकम विनियोजन गरेका साना तथा ठुला  विकास निर्माणका कार्यहरु प्राथमिकतामा परेका र त्यसको काम निरन्तर भएको नगर प्रमुख खड्काले बताउनु भयो । 
लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमको ठुला योजनाहरु ठेक्का लागेर काम सुरु भई सकेका छन भने लालबन्दी नगरपालिका ६ को राधा कृष्ण खेल मैदानमा रंगशाला निर्माण, फोहोर मैला व्यावस्थापनको रणनितिक योजना निर्माण,नयाँ हाइडेसन लाईन मुनीको जग्गामा पोखरी निर्माण गर्ने,लालबन्दी खसी तथा मासु बजार व्यावस्थापनको काम भने हुन सकेको छैन ।  हरेक वडाहरुमा जाने सडकको मर्मत तथा स्तरोउन्नती,भ्युटावर निर्माणका लागि ठेक्का लगाउने लगायतका कामहरु निरन्तर भई रहेको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । नगर भित्र शिक्षा क्षेत्रको सुधार,बजार व्यावस्थापन,ढल निकास व्यावस्थापन,खेलकुद क्षेत्रको विकासका साथै नगरको आफ्नै भवन निर्माणको सिलान्यास समेत गरेको छ । संघिय सरकार र प्रदेश सरकारले रकम विनियोजनमा गरेका  विकास निर्माणका कार्यहरुमा धेरै जनशक्ति लाग्ने गरेका कारण लक डाउनमा अपेक्ष अनुरुप काम नभएको भएपनि निरन्तर नै काम भएको नगर प्रमुख खड्काले बताउनु भयो ।
नगरमा चालु आर्थिक वर्षमा संघिर सरकारले समानिकरण अनुदान १६ करोड ५६ लाख र सशर्त अनुदान २६ करोड ४६ लाख रकम विनियोजन गरेको र त्यसको करिब ६० प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । साथै विकास निर्माण काम निरन्तर भई रहेका कारण चालु आर्थिक वर्षमै निर्माण सम्पन्न हुनेमा आफु ढुक्क रहेको नगर प्रमुख खड्काले बताउनु भयो ।  

सम्बन्धित समाचार