राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने सेवाग्राहीहरुको चाप

337 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्लाका इलाका प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने सेवाग्राहीहरुको चाप बढेको छ।जिल्ला प्रशासन कार्यालय मलंगवाका साथै इलाका प्रशासन कार्यालय हरिवन र वरहथवामा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने सेवाग्राहीहरुको चाप बढि रहेको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।नेपाल सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न थालेपछि बढेको सेवाग्राहीहरुको भिडलाई व्यवस्थापन गर्न नसकिँदा काम गर्न र काम गराउन निकै समस्या परेको कर्मचारीहरु तथा सेवाग्राहीहरुको गुनासो छ ।
परिचय पत्रको विवरण दर्ता गराउनका लागि दिनभर नै लाइनमा बस्नुपर्दा सेवाग्राहीहरु हैरान भएका छन्। जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा मात्रै दैनिक करिब दुई सय बढी सेवाग्राहीहरु राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन पुग्ने गरेका जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी होम प्रसाद घिमिरेले बताए 
उनका अनुसार कार्यालयका कर्मचारी र राष्ट्रिय पञ्जिकरण विभागबाट पठाइएका कर्मचारीहरु खटाएर दिनहुँ विवरण लिइरहँदा पनि परिचय पत्रको विवरण दर्ता गराउनका लागि आउने सेवाग्राहीहरुको भिड कम भएको छैन्।सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचय पत्रको नम्वर समेत खुलाउनुपर्ने व्यवस्था गरिएपछि सेवाग्राहीको चाप बढेको  जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी घिमिरेले बताए ।
नागरिकता फाँटको चाप थेग्नै जहिल्यै मुस्किल पर्ने जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा अहिले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने सेवाग्राहीहरुको चाप थेगि नसक्नु भएको हो।अत्यधिक भिडभाड भएपछि जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले पालिका गत रुपमा हप्तामा तीन दिन पालो पाउने गरी राष्ट्रिय परिचय पत्रको विवरण भर्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।उनका अनुसार कतिपय सेवाग्राहीहरुको नागरिकता अत्यन्त पुरानो साथै हस्तलिखित रहेको हुँदा पुनःनागरिकता बनाएर राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्नुपर्दा सेवाग्राहीहरु दोहो¥याएर आउनुपर्ने स्थिति पनि रहेको छ ।
भ्याएसम्म सेवाग्राहीलाई एकैदिनमा नागरिकता र राष्ट्रिय परिचय पत्रको दुवै काम सकाएर पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका अलावा इलाका प्रशासन कार्यालय हरिवन र बरहथवालाई पनि राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने सेवाग्राहीहरुको भिड व्यवस्थापन गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार