सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्ना गल्तीहरु लुकाउन प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकामा हाजिर हुन नदिन विभिन्न किसिमका प्रपञ्च रहेका पाइएको छ।गाउँपालिकामा भएको भ्रष्ट्राचार उजागर हुने डरले गाउँपालिका अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई गाउँपालिकामा हाजिर हुन रोक्न किर्ते हस्ताक्षर बनाएर गाउँपालिकाका इन्जिनियर राजेश कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने तयारी गरेका रहस्य बाहिरिएको हो ।
गाउँपालिका अध्यक्ष महतोले चोर बाटोबाट कार्यपालिका सदस्यहरुको घरघरमा गएर विभिन्न किसिमका प्रलोभनहरु देखाएर नियम विपरित किर्ते हस्ताक्षर गरी इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने तयारी गरेका पाइएको हो।गाउँपालिका अध्यक्ष महतोको मिलेमतोमा रु ६५ लाखको फर्जि डिपिआर बनाए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी मुद्धा विचाराधिन अवस्थामा रहेका इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन गाउँपालिका अध्यक्ष महतो लागि परेका पाइएको हो ।
गाउँपालिका अध्यक्ष महतोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मंसिर २० गते “चन्द्रनगर गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालसँग कार्यालय संचालनमा असहज परिस्थिति उत्पन्न भई दैनिक कार्य संचालनमा कठिनाई भइरहेको हुदाँ उहाँलाई अन्यत्र सरुवा गरी सो ठाउँमा यसै चन्द्रनगर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी संकेत नम्बर १६३०६८ का अधिकृत छैठौं कृष्ण प्रसाद आर्चायलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकि दिनुहुन अनुरोध छ।”भन्दै पत्र पठाएका थिए।त्यपछि प्रमुख प्रशासकीय अधिकृत पालले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आफुलाई गर्न लागिएको सरुवा बदर गरिदिनभन्दै पत्र पठाएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सो पत्रलाई आवश्यक काम कारवाही गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।
गाउँपालिका अध्यक्ष महतोले गाउँपालिकामा कार्यरत अधिकृत छैठौं आर्चायलाई प्रमुख प्रशासकीय अधिकृत बनाइ दिन भन्दै लेखेको पत्र खारेज गरिदिएपछि गाउँपालिका अध्यक्ष महतो फेरी इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन फर्जि हस्ताक्षर संकलनको काममा लागेका पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा“श्रीमान मुख्यसचिवज्यूको सचिवालयमा कर्मचारी संकेत नं.१८३४०९ का श्री वकिल प्रसाद पालले मिति २०८१/१०/१५ मा दर्ता गराउनु भएको दर्ता नं. ५६७९ को सरुवा वदर गरी यथावत कायम गरी पाँउ भन्ने विषय रहेको कार्यरत स्थानीय निकायबाट ५ महिनामै अर्को कार्यालयमा सरुवा गरेकोले सरुवा वदर गर्नुपर्ने विषयको निवेदन तहाँ मन्त्रालयसँग सम्बन्धित देखिएकोले संलग्न निवेदन उपर आवश्यक कारवाही गरी यस कार्यालयलाई जानकारी दिनुहुन आदेशानुसार अनुरोध गर्दछु ।”भनिएको छ ।
कार्यालयकी शाखा अधिकृत ज्योती पौडेलले हस्ताक्षर गरेको पत्रमा सो कुरा उल्लेख गरिएपछि उनै प्रमुख प्रशासकीय अधिकृत पाल चन्द्रनगर आउने सम्भावना बढेको छ ।त्यसपछि गाउँपालिका अध्यक्ष महतोलाई निन्द्रा लाग्न छाडेको समेत पाइएको छ।जो सुकै प्रमुख प्रशासकीय अधिकृत आएपनि उनको इरासामा काम गर्नु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत पाल निजामती कर्मचारी सम्बन्धी आचार संहिता सहित स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चल्ने भएका कारण गाउँपालिका अध्यक्ष महतोलाई समस्या भएको बुझिएको छ ।