५५ घर दलीत समुदायको फुसको छानो फेरियो

2.5k Shares

 सर्लाहीको लालबन्दी नगरपालिका ५ का ५५ घर दलीत समुदायको घरको छानो फुसबाट  टिनमा परिणत भएको छ । संघिय सरकारको सहयोग र लालबन्दी नगरपालिका ५ को पहलमा प्रतिघर रु ३ लाख ३० हजारका दरले कुल रु २ करोड ६५ लाखको लागतमा वडाका दलित चमार मुसहर समुदायका ५५ वटा फुसका घर अहिले टिनमा परिणत भएका छन् ।

लालबन्दी नगरपालिका ५ का कमजोर आर्थिक अवस्था रहेका दलित समुदायका फुसका घर संघिय सरकार र लालबन्दी नगरपालिका ५ को संयुक्त प्रयासमा टिनका घरमा परिणत भएका छन् । लालबन्दी नगरपालिका ५ को रन्जितपुरका मुसहर समुदायका ५५ घरधुरी अहिले फुसको छानाबाट  टिनका छानामा परिणत भए पछि आफुलाई खुसी लागेको स्थानिय भक्त माया मिजारले बताउनु भयो ।

वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने,विभिन्न किरामिराहरुको समेत डर हुने गरेको अवस्था थियो अहिले त्यो समस्या समाधान भएको अर्का स्थानिय  विष्णु परियारले बताउनु भयो ।

यता,लालबन्दी नगरपालिका ५ मा रहेका दलित मुसहर समुदायका  ५५ वटा फुसका छाना विस्थापित गरी  टिनका छानामा परिणत गरेपछि हिउँदमा धुलोमा र वर्षामा हिलाम्मेमा बस्न बाध्य भएका चमार,मुसर समुदायका नागरिकहरु खुसी भएका र आफुलाई पनि उनिहरुको खुसीमा थपखुसी थपिएको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो ।

सम्बन्धित समाचार