सर्लाही प्रहरीले ठूलो मात्रामा लागु औषध सहित एक जना र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट गरी लागू औषध ओनरेक्स दुई एक एक बोतल,कोडिवेल एक सय ९७ बोतल र नाईट्राभेट १० लेखिएको ४८ पत्ता सहित एक जना मानिस र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाही सहित इलाका प्रहरी कार्यालय सिमरा फेन्हारा र प्रहरीचौकी नारायणपुरबाट खटिएको प्रहरी टोलिले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्र.१–०१–०२०५४ प ४८३४ नंम्बरको मोटरसाईकल र लागू औषध ओनरेक्स दुई एक एक बोतल,कोडिवेल एक सय ९७ बोतल र नाईट्राभेट १० लेखिएको ४८ पत्ता सहित हरिवन नगरपालिका ९ का अन्दाजी वर्ष २४ का धर्मेन्द्र राउतलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको लागु औषध,मोटरसाईकल र राउतलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको हिरासतमा राखि लागू औषध (नियन्त्रण)ऐन,२०३३ अनुसार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीले जनाएको छ ।