Close This

स्थानिय निकायहरुद्धारा धमाधम नाका बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३१ गते   २८८ पटक हेरिएको

सिन्धुलीका स्थानीय तहहरु धमाधम बन्द हुन थालेका छन् । समुदाय स्तरमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन थालेपछि जिल्लाका ५ वटा  स्थानिय निकायका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो ।
 पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आवातजावत गर्नेहरुमा बृद्धि भएसंगै कोरोना संक्रमण बढ्ने भन्दै जिल्लाका स्थानिय निकायहरुले सिमानाका बन्द गरेको हुन । दुध र औषधी पसल बाहेक सबै वन्द गरीको ती स्थानिय निकायहरुले बताएका छन ।

यस्तै जिल्लाको दुधौली नगरपालिका,सुनकोसी गाउँपालिका,गोल्नजोर गाउँपालिका र तीनपाटन गाउँपालिकाले अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको विज्ञप्ती मार्फत जनाएका छन । सिन्धुली जिल्लामा हाल सम्म ३० जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech