Close This

लागुऔषध राखी पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा,अर्काे पत्रकारको संग्लग्नता रहेको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-७ गते   ५१ पटक हेरिएको

रौतहटमा लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका छन् । 
असइ यादव र प्रहरी जवान दुवै जिल्ला प्रहरी कार्यालय रौतहटका  घुमुवा प्रहरी हुन । उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरिएको थियो । यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए । प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शिद्धिविक्रम साहले जानकारी दिनु भयो ।
प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनामा संलग्न दुई प्रहरीमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेपछि उनिहरु अनुसनधानका लागि निलम्बीत भएका हुन । असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए । पत्रकार मोजिबुल्लाह भने होटेलभित्र खाजा खान गएका थिए ।
 लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा पत्रकार मोजिबुल्लाहलाई फसाइएको तथ्य सार्वजनिक भएको थियो । 
तथ्य सार्वजनिक भएपछि चौतर्फी दबाब सृजना भयो र लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई प्रहरीले रहिा गरेकोे छ । तीन दिनअघि रौतहट प्रहरीले लागुऔषध कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरेको थियो । उनी निर्दोष भएको प्रमाणित भएपछि प्रहरीले छाडेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी पत्रकार मोजिबुल्लाहलाई छाडेएको प्रहरी उपरिक्षक शाहले बताउनुभयो । प्रहरी उपरिक्षक साहले निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि माग्नु भएको छ। 
पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक  शाहले सञ्जय सहनी नाम गरेका अर्का पत्रकारको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको दाबी गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech