महोत्तरी र धनुषाको सिमना स्थित रहेको रातु नदीमा यस वर्षपनि अवैध उत्खनन् सुरु भएको पाइएको छ।वैधानिक ढंगले ठेक्का लगाएर मापदण्ड विपरित उत्खनन् गर्ने ठेक्केदार हुन् वा रातारात चोरी गर्ने तस्करहरुको कारण सरोकारवाला निकायमाथि सधैभरी प्रश्न चिन्ह उठने गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा ठेक्काको नाममा अवैधानिक दोहन भएको भन्दै सर्वाेच्च अदालतमा दायरभएको मुद्धा विचाराधिन अवस्थामा रहेको भएपनि अहिले पनि उही पुरानै गतिविधि सुरु भएको छ ।यो आर्थिक वर्षमा पनि बर्दिवास नगरपालिकाले ठेक्का सम्झौता गरेर उत्खनन्को प्रक्रिया सुरुभएदेखि नै रातु नदीको पहिलो र दोश्रो खण्डमा अवैध दोहन सुरु भएको पाइएको हो ।
“अघिल्लो आर्थिक वर्षमा पत्रकारहरुले सम्प्रेषण गरेका समाचारलाई झुट भनेर पन्छिन खोजेका बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिले भईरहेको उत्खनन्लाई कसरी अनुगमन गर्लान भन्ने कौतहुल बढेको”स्थानीय बताउँछन् ।“उत्खनन् स्थलमा पुग्दा केही सुधार भएको देखिन्छ ।तर मापदण्ड विपरित वा नियमानुसार वैधानिकत तरिकाबाट नदी दोहन भए÷नभएको प्रश्न उठीरहेको वेला यो उत्खनन नियम संगत होला की नहोला ? ”भन्ने विषयमा आम चासो बढेको देखिएको छ ।
देशभरका स्थानीय तहहरुमा नगर उप प्रमुख÷उपा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति हुने गरेको भए तापनि अघिल्लो आर्थिक वर्षमा जिल्ला समन्वय समिति जलेश्वर महोत्तरीलाई देखाएर नगर प्रमुख क्षेत्रीले पन्छिन खोजेका थिए।तर अवैधानिक दोहन भएको तथ्यसहित नागरिक समाज सर्वोच्च अदालत पुगेपछि २०८० चैत्र २० गते सबै प्रकारका उत्खनन रोक्न अन्तरिम आदेश जारि भएको थियो।त्यसको पुरक मुद्दा अझै विचाराधीन छ ।
“एकातिर अवैध दोहन काकारण बर्दिवास नगरपालिका वडा नं.१, ६, ७, ८, ९, १२ र १३ को उर्वर भुमि कटान भएको र समस्या सिर्जना भईरहेको बाक्लै गुनासोहरु छन् भने अर्कोतिर शक्ति र पहुँचको आधारमा कानुन हातमा लिने काम हुँदै आएको छ।”स्थानीय निरोज अधिकारी बताउँछन् ।“हामीले कानुन हातमा लिएर बल देखाउनेहरुलाई अघिल्लो आर्थिक वर्षमा सर्वोच्चमा नै गएर तह लगाउनु पर्याे,सायद यसपाली त्यो अवस्था नआउला भन्नेमा हामी आशावादी छौ ।”उनले भने।,
“ढुङ्गा, गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”को पालना नगरी,नदीजन्य पदार्थ उत्खनन् स्थलमा सूचना बोर्ड नराखि,उत्खनन् स्थलको सिमांकन नगरि,मापदण्ड विपरित ठूला सवारी साधनहरु सञ्चालन गरि, दुरी सम्बन्धी मापदण्ड पालना नगरी,स्टोक गरिएको ठाउँबाट अन्यन्त्र निकासी पैठारी गर्दा सम्बन्धीत स्थानीय तहलाई तिर्नुपर्ने कर नतिरेको साथै स्टोक स्थलको अनुमती नलिएको,विना नम्बर प्लेटका सवारी साधनहरु प्रयोग गरेको,अनलाईन भ्याट विल नकाटेको साथै वन क्षेत्रमा स्टोक गरिएको भएपनि सरोकारवाला र नियमनकारी निकाय बर्दिवास नगरपालिका,डिभिजन वन कार्यालय जलेश्वर,महोत्तरी,जिल्ला प्रशासन कार्यालय जलेश्वर,महोत्तरी र जिल्ला समन्वय समिति जलेश्वर महोत्तरी मौन देखिएका छन् ।
जसका कारण अवैध र मापदण्ड विपरित उत्खनन् मात्रै नभई सरकारी राजश्वमा हानी नोक्सानी पुगेको जानकारहरु बताउँछन् ।सर्वाेच्च अदालतले माघ ७ गते नेपाल सरकारको नाममा कानुन विपरीत खोला तथा नदीबाट भइरहेको रोडा,ढङ्गा,गिट्टी,बालुवा जस्ता नदीजन्य पदार्थको अवैध उत्खनन् तत्काल बन्द गर्न साथै उत्खनन् गर्ने कार्यलाई नियमित र पर्यावरणीय प्रभावलाई ध्यानमा राखेर गर्न भन्दै परमादेश जारी गरेको भएपनि ठेकेदारहरुले राजनीतिक दल तथा जनप्रतिनिधि हरुको आडमा राज्यले तोकेको मापदण्डलाई लत्याएर खुलेआम रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारी गरि रहेका हो।आईईई गरेको ठाउँमा एक दशमलव पाँच (१ दशमलव ५) मिटर अर्थात पाँच फिट गहिराइ सम्म उत्खन्न् गर्न पाउने कानूनी व्यवस्था भएपनि करिब १५ फीट गहिरो सम्म उत्खनन् भएको भएपनि आफ्ना गलत हर्कतको प्रमाण लुकाउन ठेकेदार कम्पनीले उत्खनन् गरिएका ठूला खाडल पुरेको समेत पाइएको छ। खोलाले बनाएको लेयर भत्काएर नदीजन्य पदार्थ निकालेपछी बाढी आउँदा गाउँमा पस्ने स्थानीयको चिन्ता छ।सम्झौतामा उल्लेख भए अनुसार सूर्योदय अघि र सूर्योदय पछि उत्खनन् गर्न पाइदैन तर ठेकेदार कम्पनीले रातको समयमा पनि उत्खनन् गरेको नगरपालिका र ठेकेदार कम्पनी बीचको सम्झौता विपरित चार गुणा बढी गहिरो पारेर नदीजन्य पदार्थ उत्खनन् गरिएको भएपनि सरोकारवाला निकाय मौन बस्दा अवैध तरिकाबाट मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन् भएको स्थानीयले आशंका गरेका छन्।नदीको प्राकृतिक संरचना र पारिस्थितिकी प्रणालीलाई क्षति नपुगोस् भन्ने दृष्टिकोण राखेको हाल भई रहेको नदीजन्य पदार्थको उत्खनन्,निकासी र पैठारीलाई स्थलगत अवलोकन गरी तोकिएको मापदण्ड विपरित रहेको पाइएमा तत्काल रोक्न सर्वाेच्चले सरकारलाई आदेश गरेको भएपनि त्यसलाई वेवास्था गर्दै ठेकेदारहरु र स्थानीय जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर काम निरन्तर भई रहेका पाइएको हो ।
जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा संकलन भए पश्चात बाहिर निर्यात हुने गरेको पाइएको छ भने,नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने टिपरका कारण पूर्व पश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर आवतजावत गर्न समेत समस्या भएको स्थानीयले बताएका छन्।सरोकारवाला निकायले नदीजन्य पदार्थको उत्खनन् स्थलको स्थलगत अवलोकन नगरेका कारण अवैध नदी दोहनले तीव्रता पाएको उनीहरुको आरोप छ।खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढंङ्ले उत्खनन् हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको र वातावरणीय प्रभाव मूल्यांकन(आईईई) विपरीत जथाभावी खोला“दोहन तथा उत्खनन्”हुँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको स्थानीय बताउँछन् । स्थानीय प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले कुनै वास्ता नगर्ने गरेको उनीहरुको भनाइ छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खनन्को जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता दिँदा ठेकेदारको मनोबल बढ्दै गएको हो।ठेकेदारले कति उत्खनन्,भण्डारण र बिक्रि वितरण गरे भन्ने सरोकारवाला कुनै पनि निकायसंग विवरण समेत छैन् । जिल्लाका नदीहरुमा राष्ट्रिय गौरबको आयोजनाको नाममा अवैध उत्खनन् तिब्र रुपमा भई रहेको छ।
मापदण्डले उत्खनन् गरिएको नदीजन्य पदार्थको घाटगद्दी गर्नुपर्ने,सुचना बोर्ड राख्नुपर्ने दायाबायाँ एक किलोमिटर छाडनुपर्ने, उत्खननस्थल देखि गनतब्य स्थलसम्म पानी चुहिन नहुने जस्ता व्यवस्थाहरु छन् । साथै उत्त्खनन गर्दा ३ फिट भन्दा बढी खन्न नपाइने र आईई रिपोर्टलाई ध्यानमा राख्नुपर्ने जस्ता प्रावधानहरु उल्लेख गरिएको छ ।अहिले रातु नदीको किसाननगर खण्डमा ८० हजार एक सय ५० घनमिटरको रु एक करोड ९८ लाख १४ हजार एक सय ४६,जुरे टोल खण्डमा ८० हजार एक सय १५ घनमिटरको रु एक करोड ९८ लाख पाँच हजार तीन सय ४०,फूलवारी खण्डमा ६७ हजार दुई सय ८८ घनमिटरको रु एक करोड ६६ लाख ३४ हजार चार सय ३२ र पथलैया खण्डमा ६७ हजार एक सय २६ घनमिटरको रु एक करोड ६५ लाख ९४ हजार तीन सय ३२ मा बर्दिवास नगरपालिकाले खोला ठेक्का लगाएको हो ।
अघिल्लो आर्थिक वर्षमा मुद्दाका कारण ठेक्का नै विवादित बने पछि बर्दिवास नगरपालिकाका नगर प्रमुख क्षेत्रीले यो उत्खनन्लाई लिएर केही संवेदनशील देखिएका छन्।जनगुनासो र मापदण्डहरुलाई आधार वनाएर उत्खनन्का क्रममा गलत हुन् नदिने नगर प्रमुख क्षेत्रीले बताए।नगरपालिकाको आयोजना भएको सर्व दलिय बैठकमा प्रतिपक्ष दलहरुले उत्खनन् नै गर्न नहुने अडान राखे तापनि नगर प्रमुख क्षेत्रीले बैठक राख्दा ठेक्का प्रक्रिया सम्झौताको प्रक्रियामा प्रवेश गरिसकेको थियो।विगतमा गरिएका उत्खनन्को वैज्ञानिक आंकलन नै नगरी ठेक्का लगाउनु गलत भएको विपक्षी दलहरुको अडान छ ।उनीहरुले सर्वाेच्च अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको नदीमा आईईई रिपोर्ट कसरी सदर गरियो भन्ने जिज्ञासा राखेका भने,पछिल्लो समय जलवायु परिवर्तनको असर र किसानहरुको नियमित वालीनालीमा नै समस्या आईरहेको वेला नदीजन्य पदार्थ उत्खनन् नै गलत हुने कतिपयको तर्क छ।