Close This

मुसहर महिलाहरुको सशक्तिकरणका लागि घुम्ती प्रशिक्षकहरुलाई तालिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-९ गते   ६३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपाकिला ६ मा लैंगिक उत्तरदायी सामाजिक जवाफदेहिता प्रवद्र्धन लागि मुसहर महिला सशक्तिकरण घुम्ती प्रशिक्षकहरुका लागि तालीम सम्पन्न भएको छ ।लालबन्दी नगरपालिका ६ मा रहेको नमस्ते होटल एण्ड गेष्ट हाउसमा आयोजित ३ दिने तालिम शनिवार (आज( समापन भएको हो ।
हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, बसबरिया गाउँपालिका र चन्द्रनगर गाउँपालिकाका मुसहर महिलाहरुलाई सहभागी गराई साउथ एशिया पार्टनरशीप–नेपाल (साप–नेपाल) ले तालिम प्रदान गरेको हो । साप–नेपालले यी चार स्थानिय निकायमा नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन परियोजना अन्तर्गत आफ्नो अधिकारको खोजीका लागि मुसहर महिलाहरुको सशक्तीकरण गर्ने, स्थानीय सरकारका अधिकारहरुमा समग्र जवाफदेहिता अभिवृद्धि गर्ने लगायतका काम गर्ने आयोजकले जनाएको छ ।
सो कार्यक्रम संचालनका लागि घुम्ती प्रशिक्षकहरुलाई क्षमता विकास गर्न तालिम प्रदान गरिएको हो । तालिमका सहभागीहरुलाई शनिवार(आज)साप–नेपालकी अध्यक्ष गीता भट्टराई, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदा, दलित विकास समिति प्रदेश २ का उपाध्यक्ष राम प्रवेश बैठा लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
सहभागीहरुलाई जनक कार्की, रुपेश कुमार कर्ण, पंकज कायस्थ र बनिता कार्कीले प्रशिक्षण प्रदान गर्नु भएको आयोजकले जनाएको छ । यो परियोजना अन्तर्गत मुसहर महिलाहरुको सशक्तीकरणका लागि २४ महिनासम्म कार्यक्रम संचालन गर्न रु २ करोड ५६ लाख ८७ हजार २ सय लागत लाग्ने कार्यक्रमका संयोजक जनक कार्कीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech