बागमती देखि धनुषाको कमला पुल सम्मको सडक विस्तारका लागि परामर्शदाता छनोट

352 Shares

पुर्व–पश्चीम महेन्द्र लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती हुँदै धनुषाको ढल्केबर देखि कमला पुल सम्मको सडक विस्तारका लागि परामर्शदाता छनोट भएको छ।सडक विभाग अन्तर्गतको योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखाको सासेक लोकमार्ग विस्तार आयोजनाले सर्लाहीको बागमती देखि धनुषाको ढल्केबर हुँदै कमला पुल सम्मको सडक विस्तार आयोजनाका लागि परामर्शदाता छनोट गरेको हो।
इन्टरकन्टिनेन्टल कन्सल्ट्यान्ट एण्ड टेक्नोक्रयाट्स इन्डियालाई सर्लाहीको बागमती देखि धनुषाको ढल्केबर हुँदै कमला पुल सम्मको सडक विस्तार आयोजनाका लागि परामर्शदाता छनोट गरिएको योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखाले जनाएको छ।नेपाल सरकारको रु ३२ करोड छ लाख ३४ हजार र रु १९ करोड ९४ लाख ७१ हजार अमेरीका सरकारको सहयोग गरी कुल रु ५२ करोड परामर्शदातालाई जिम्मा दिइने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सर्लाहीको बागमती देखि धनुषाको ढल्केबर हुँदै कमला पुल सम्मको सडकको विस्तारदेखि मर्मत लगायतको सबै काम यही परामर्शदाता कम्पनीले नै गर्ने छ।निर्माण कार्यको प्रशासनिक काम,अनुगमन,मूल्यांकन,काम भए÷नभएको ब्रिफिङ बिल प्रमाणित गरि भुक्तानीको लागि सिफारिस गर्ने काम परामर्शदाताले नै गर्ने महाशाखाले जनाएको छ ।
सडक निर्माणको लागि तीन वर्ष छुट्याइएको छ भने मर्मत सम्भारका लागि पाँच वर्ष गरी आठ वर्ष छुट्याइएको छ।यी दुवै काम यही परामर्शदाता कम्पनीले नै हेर्नु पर्ने छ। पुर्व–पश्चीम महेन्द्र लोकमार्ग अन्तर्गतको बाराको पथलैयादेखि सर्लाहीको बागमती हुँदै धनुषाको ढल्केबर र कमला पुल सम्मको करिब एक सय ५० किलोमिटर मध्य पहिलो प्याकेजमा बागमती पुलदेखी कमला पुलसम्मको निर्माण प्रक्रियाका लागि ठेक्का आव्हान समेत अगाडि बढाईसकेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार