मर्यादित महिनावारी दिवसको अवसरमा लालबन्दीमा प्रभातफेरि

402 Shares

सर्लाहीको लालबन्दीमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा प्रभातफेरि निकालिएको छ ।विभिन्न संघ÷संस्था तथा निकायको आयोजनामा पूूर्व राजमार्ग स्थित लालबन्दी बजारमा “यौन तथा प्रजनन् स्वास्थ्य अधिकार : मर्यादित महिनावारी हो आधार”भन्ने नाराका साथ प्रभातफेरि निकालिएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मर्यादित महिनावारीका लागि राधा पौडेल फाउण्डेसनसँग मिलेर कार्यक्रम संचालन गर्दै आएको बाल संरक्षण संस्थासहित लालबन्दी नगर अस्पताल,गाउँ सुधार विकास संस्था,सुनाखरी महिला सहकारी संस्था लि. र इलाका प्रहरी कार्यालय लालबन्दी लगायतको समन्वयमा प्रभातफेरि निकाल्दै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।
प्रभातफेरिमा मधेश प्रदेश सभा सदस्य एवम पुर्व मन्त्री बेची लुंगेली,लगायत स्थानीय जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरु,महिला अधिकारकर्मीहरुका साथै सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । 

सम्बन्धित समाचार