Close This

मरिण गाउपालिका ६ राष्ट्रिय विद्युत प्रसारण लाईनमा जोडियो, तेल्ने, भट्टी भन्ज्याङका स्थानिय खुसी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३० गते   ४३ पटक हेरिएको

 सिन्धुलीको मरिण गाउपालिका ६ को तेल्ने, भट्टी भन्ज्याङ लगायतका स्थानमा विद्युत सेवा विस्तार भएकोे छ । मरिण गाउपालिकाको लगानीमा विस्तार भएको विद्युत सेवाको शनिवार एक कार्यक्रमका बिच गाउपालिका अध्यक्ष पानीराज बम्जनले उद्घाटन गर्नुभएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष विर्मस मोक्तान(प्रख्यात) ले जानकारी दिनु भयो ।
राष्ट्रिय प्रशारण लाईजको विद्युत सेवा विस्तार भएपछि  सो क्षेत्रका करिव ५० घरधुरीका परिवार विद्युत सेवाबाट लाभान्वित भएका छन् । मरिण गाउपालिकाले अहिले धमाधम विद्युतीकरणको काम गरिरहेको प्रवक्ता तथा वडा अध्यक्ष मोक्तानले जानकारी दिनु भयो । गाउपालिकाको करिब आधा भुभागमा विद्युतीकरणको काम सकिएको गाउपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।
मरिण गाउँपालिका  ६ का वडाअध्यक्ष कुरसाङ लामाको अध्यक्षतमा भएको शनिवारको उद्घाटन कार्यक्रममा समाजसेवी राम कुमार पौडेल, ने.क.पा.(माओवादी केन्द्र) मरिण गाउँपालिकाका अध्यक्ष गोपाल बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech