Close This

बरथवा सरसफाई महाअभियान सुरु 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१६ गते   ५९५ पटक हेरिएको

सर्लाहीको वरथवामा बरथवा सरसफाई महा अभियान सुरु गरिएको छ ।स्वच्छ सहर,स्वास्थ्य नगरबासी भन्ने मुलनाराका साथ  सर्भिस फर पिस नेपालको आयोजना तथा वरथवा नगरपालिकाको साझेदारीमा अभियान सुरु गरिएको हो ।फोहोरबाट मोहोर,सकेसफा गरौँ नसके फोहोर नगरौँ भन्ने प्ले कार्डहरु लिएर नगरका विद्यालयहरुका विद्यार्थीहरु तथा नगरबासीले सहरको परिक्रमा गरि बरथवा चोकमा पुगेर महाअभियानको र्याली कोण सभामा परिणत भएको आयोजक संस्थाका संस्थापक तथा सामाजिक अभियान्ता सरोज खनालले बताउनु भयो ।


८४ हजार जनसंख्या भएको नगरमा १८ वटा वडा रहेका छन । नगरपािलकाले करिब २ सय वटा डस्टविन वितरण गर्नुका साथै १५ लाख रकम विनियोजन गरेर नगरसरसफाई कार्यक्रम गरि रहेको साथै अबको एक वर्षमा नगर पुर्ण सरसफाई नगर हुने नगर प्रमुख देवानन्द महत्तोले बताउनु भयो । पुर्व मन्त्री गणेश प्रसाद साहको प्रमुख आतिथ्यता तथा नगर प्रमुख महत्तोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
आफुसंग राम्रो टिम रहेका कारण अभियान सफल पारेरैँ छाड्ने संस्थाका संस्थापक खनालले बताउनु भयो । तर नगरले यस्ता कार्यक्रम पटक पटक गरेका कारण आफुहरुलाईविश्वाश नलागेको  स्थानियबासी जोगेन्द्र चौधरीले बताउनु भयो । नगर प्रमुखले भाषण गर्ने तर व्यावहारत लागु नगर्ने गरेका कारण अभियान सफल हुनेमा आशंका लागेको स्थानियबासीहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech