करिब २ सय ग्राम चाँदीका गर गहना सशस्त्र प्रहरीको नियन्त्रणमा

172 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ बाट शसस्त्र प्रहरीले विल विजक नभएको करिब दुई सय ग्राम चाँदीका गर गहना सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ।ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरबाट डियटीमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक सय ७८ दशमलव ६८ ग्राम चाँदीका गरगहना सहित ज ५ प ८००९ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
 सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको उत्त मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उत्त मोटरसाईकलमा गैर कानूनी तरिकाले विल विजक विना नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा उक्त चाँदीका गर गहना सहित मोटरसाईकल नियन्त्रणमा लिईएको होे ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाईकल चालक मोटरसाईकल छाडि भारत तर्फ भागेका र नियन्त्रणमा लिइएको चाँदी अन्दाजी मुल्य ३८ हजार पाँच सय ४६ रुपैँया २५ पैसा र मोटरसाईकल रु ८३ हजार सात सय गरी एक लाख २२ हजार दुई सय ४६ रुपैँया २५ पैसा बराबरको रहेको र आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार