सर्लाहीका अधिकांश होटलहरुको पार्किङ सडक र बजार,सरोकारवाला मौन

331 Shares

सर्लाहीको लालबन्दी सहित हरिवन र मलंगवा क्षेत्रका होटलहरुको पार्किङ नहुँदा मुख्य सडक मै सवारी पार्किङ गराउने गरेका छन्।पुर्व पश्चीम राजमार्ग स्थित पर्ने लालबन्दी र हरिवन बजारका साथै जिल्ला सदरमुकाम समेत रहेको मलंगवाका होटलहरुले पार्किङको व्यावस्था नगरी सडक मै पार्किङ गर्ने गरेका पाइएको छ ।
अति व्यस्त पुर्व पश्चीम राजमार्गका साथै जिल्ला सदरमुकाम मलंगवामा सञ्चालित होटलहरुले सडक मै पार्किङ गरी दिँदा टूाफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । प्रदेश स्तरिय कार्यक्रमहरुका साथै स्थानीय स्तरका कार्यक्रमहरु हुँदा समेत यीनै होटलहरुको प्रयोग हुने गरेको भएपनि होटल सञ्चालकहरु आफ्नो होटलमा आउने सेवाग्राहीहरुलाई पार्किङको व्यवस्थापन गर्नमा खासै चासो देखाउँदैनन् ।
यी क्षेत्र वरपर व्यवसायीहरुको पसल अगाडि सवारी पार्किङ गरिदाँ पसल जाने बाटोनै छेकिएकाले व्यवसाय प्रभावित बनेको स्थानीय व्यापारीहरुको समेत गुनासो छ।सडकमै हुने सवारी पार्किङहरुलाई व्यवस्था गर्न तर्फ होटल सञ्चालकहरुले चासो नदेखाउँदा टूाफिक व्यवस्थापन,सवारी आवागमन र पैदल यात्रुहरुलाई सडक पेटीबाट हिडडुल गर्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।
केही होटलहरुका आफ्नै पार्किङ भएपनि अधिकांश होटलहरुका आफ्ना पार्किङ नहुँदा  होटलमा खाना,खाजा खान आउने देखि विभिन्न किसिमका कार्यक्रमहरु हुँदा समेत सडक मै पार्किङ गर्ने गरिएको विषयमा सरोकारवाला जिल्ला टूाफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीपनि मौन देखिएको स्थानीयको आरोप छ ।
उनीहरुले राजमार्गको भागलाईनै पार्किङको रुपमा प्रयोग गर्दै आएका छन् । सडकमा साना ठूला सवारी साधनहरु पार्किङ गरिदाँ सडक दुर्घटनाको जोखिम पनि उच्च रहेको स्थानीयको भनाइ छ।यसरी सडकलाई पार्किङको रुपमा प्रयोग गरेर संचालित होटलहरुलाई नियम भित्र ल्याउन अहिलेसम्म जिल्लाका सरोकारवाला निकायहरुले कुनै चासो नदिएका स्थानीयको भनाइ छ ।
होटल सञ्चालन गर्नेहरुले आफ्नो छुट्टै पार्किङको व्यवस्था गर्नुपर्नेमा ढुक्कसँग सडकलाई पार्किङ बनाएर व्यवसाय सञ्चालन गर्दा पनि स्थानीय सरकार,सडक डिभिजन कार्यालय  र  टूाफिक प्रहरी टुलुटुलु हेरेर बसेको स्थानीयको आरोप छ।यसरी नियम मिचेर व्यवसाय गरिरहेका व्यावसायीहरुलाई काठमाडौं महानगर नगरपालिकाका नगर प्रमुख बालेन्द्र साह(बालेन)ले जस्तै नियमको परिधिभित्र ल्याउनुपर्ने उनको भनाइ छ ।
  सडकमै आफूहरुको पसल अगाडि पार्किङ गर्नाले आफूहरुको व्यवसायलाई प्रत्यक्ष असर परेको लालबन्दीका साना व्यापारीहरुको गुनासो छ।उनले यसको समाधानको लागि आफुहरु पटक(पटक नगरपालिका लगायतका निकायहरुमा ताकेता गरेपनि समस्याको समाधान नभएको दुःखेसो गरे।यस प्रकारको समस्यालाई सरोकारवाला निकायले ठोस योजना तुरुन्त ल्याएर आवश्यक कार्बाही गर्नु पर्ने उनीहरुको माग छ ।
नगरपालिका क्षेत्रभित्र रहेको सडक तथा राजमार्गमा गरिने पार्किङको व्यवस्थापनको जिम्मा सम्बन्धीत स्थानीय तहलाई हुने भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर,रौतहट पञ्छिने गरेको छ ।सम्बन्धीत स्थानीय तहहरुले काम सुरु गरे आफुले गर्नुपर्ने सहयोग गर्न तयार रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर,रौतहटले जनाएको छ ।
यता,नगर भित्र अवैध रुपमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरेपछि अन्यौलमा परेको लालबन्दी नगरपालिका आपसमा जुधाई मै व्यस्त रहेको छ।जसका कारण नगरभित्रको मुख्य बजार लालबन्दी बजारमा भई रहेको अव्यवस्थित सवारी पार्किङका साथै अस्तव्यस्त रुपमा लालबन्दीको सुन्दरमा कुरुपता ल्याउने ठेलागाडाहरुको समेत व्यावस्थापन गर्न सकिरहेको छैन् ।हरिवन नगरपालिका र मलंगवा नगरपालिकाको बजारको  अवस्था झन दयनिय छ ।सर्लाहीमा सञ्चालित होटलहरुमा पार्किङका साथै अव्यवस्थित ठेलागाडाहरुको व्यावस्थापनका लागि सम्बन्धीत निकायले चासो राखे आफूहरु सहयोग गर्न तयार रहेको जिल्लाका उद्योग बाणिज्य संघहरुका प्रतिनिधिहरुको भनाई छ ।

सम्बन्धित समाचार